खुट्टा भाँचिएको बिरामीको मृत्यु, गोल्डेल अस्पतालमा आफन्त आन्दोलित

<span class='c1'>खुट्टा भाँचिएको बिरामीको मृत्यु,</span> <span class='c2'>गोल्डेल अस्पतालमा आफन्त आन्दोलित</span>

विराटनगर । विराटनगर हस्पिटल चौकमा रहेको गोल्डेन अस्पतालमा चिकित्सकको लापार्बाहीका कारण दुर्घटनमा परी घाईते भएका बिरामीको मृत्यु भएको भन्दै अस्पतालमा तनावग्रस्त बनेको छ । विराटनगर ७ मिलन चोकका ५२ वर्षिय जनक सिंह बस्नेतको गएराती बिहीबार ७ बजेमृत्यु भएपछि अस्पताल तनाबग्रस्त बनेको हो ।

बिहीबार दिउँसो १ बजेतिर मिलन चोकबाट पैदल हिँडेर घर जाँदै गरेका बस्नेतलाई ना ७ छ ३१३ नं. को ग्याँस बोक्ने कन्टेनरले ठक्कर दिएको थियो । दुर्घटनामा घाइते भएका बस्नेतलाई उपचारका लागि गोल्डेन अस्पतालको आकस्मिक कक्षमा राखियो । पछि थप उपचारको लागि आसियूमा भर्ना गरियो ।
दिउँसो सामान्य अवस्था रहेपनि साँझ सिकिस्त भएकाले अस्पतालले तत्काल रगत लिएर आउन भनेको र रगत लिएर आइपुगदा मृत्यु भइसकेको चिकित्सकले बताएको मृतकका दाजु पुष्पराज बस्नेतले जानकारी दिए ।

‘दिउँसोसम्म राम्रो भएको र चिकित्सकले हप्तादेखि १० दिनभित्रमा विरामीलाई डिस्चार्ज दिने भनेको थियो । बिहीबार साझतिर एक्कासी मलाई दुई पाउन्ट रगत आवश्यक पर्यो भनेर जानकारी आएपछि मैले रगत बोकेर अस्पताल पुग्दा विरामीको मृत्यु भएको जानकारी आयो,’ मृतकका दाजु बस्नेतले भने, ‘दिउँसोसम्म ठिक भएको भाइको साझतिर मृत्यु भयो भन्दा पत्याउन गाह्रो भयो ।’ उनले हस्पिटल र चिकित्सकको लापरवाहीले भाइको मृत्यु भएको आरोप लगाए ।
‘अहिले रगत समयमै ल्याउन नसक्दा विरामीको मृत्यु भएको भन्दै आएको छ । दिउँसो दुर्घटना हुने बित्तिकै हामीले चिकित्सकले केही भनेन,’ उनले भने, ‘बेलैमा रगतको व्यवस्था गर्नु भनेको भए हामीले रगतको जोहो गर्ने थियौं । यो सरासर अस्पताल र चिकित्सकको लापरवाहीले भाइको मत्यु भयो ।’
उनले भाईको दुर्घटनामा परेर देब्रे खुट्टा भाँचिएको र हातमा थोरै चोट लागेकाले साँझसम्म अवस्था सामान्य रहेपनि अस्पतालको लापरवाहीका कारण मृत्यु भएको आरोप लगाए । ‘दिउँसो दुर्घटना भएपनि मैले नै हस्पताल लगेर एडमिट गरेको हुँ । अस्पताल पुर्याएपछि डाक्टरले देब्रे खुट्टा भाँचिएको छ, भर्ना गर्नुपर्छ भनेर आइसियुमा राख्नुभयो ।’
बस्नेतले अस्पतालको लापरवाहीका कारण मृत्यु भएकाले उपचारमा लापरवाही गर्ने चिकित्सक र अस्पताललाई कारवाही गरिनुपर्ने माग राखेका छन् । लापरवाही गर्ने चिकित्सक र अस्पताललाई कारवाही नभएसम्म शव नलाग्ने पक्षमा विरामीका आफन्त रहेका छन् । ‘उपचारमा लापरवाही गर्ने चिकित्सक र अस्पताललाई कारवाहीको लागि स्थानिय प्रशासनले छानविन टोली गठन गरिनु पर्दछ,’ मृतकका दाजु पुष्पराजले भने । उनीहरूले भाइलाई ठक्कर दिने गाडीको साहु र अस्पताल प्रशासन मिलेमतो गरेर मारेको गम्भिर आरोप पनि लगाएका छन । ‘त्यसैले यस घटनामा छानविन टोली गठन गरि छानविन हुनुपर्दछ,’ उनले भने ।

बढी रक्तश्राव र सयमै रगत नहुदा विरामी बचाउँन सकिएन: अस्पताल
यता गोल्डेन अस्पतालका प्रसासकिय अधिकृत सन्तोष मेहताले दुर्घटना भएकोले विरामीको ब्लिडिङ्ग बढी भएको र समय मै रगत पाउन नसक्दा विरामीको मृत्यु भएको बताए । ‘दुर्घटनामा गम्भिर चोट लागेका कारण बढी ब्लिडिङ्ग भएको रहेछ उनले भने, ‘विरामीका आफन्तले समयमै रगत उपलब्ध गराउन सक्नु भएको रहेनछ । त्यसैले रगत अभाव भएको कारण विरामीलाई बचाउन सकिएन ।’
बिरामीको स्वास्थ्य उपचार अस्पतालका वरिष्ठ हड्डी तथा नशा रोग विशेषज्ञ डा. शिव अधिकारीले गरेका थिए ।

तोडफोड हुन नदिन ठूलो संख्यामा प्रहरी
विरामीको मृत्यु भएपछि मृतकका आफन्तले अस्पतालमा तोडफोडको प्रयास गरेका थिए । विरामीको मृत्यु भएपछि तनाग्रस्त बनेको अस्पताल तोडफोड हुन नदिन मोरङ प्रहरीले ठूलो संख्यामा प्रहरी परिचालन गरेको थियो । मोरङ प्रहरीले वान टन ठूलो गाडी र तीन वटा प्रहरीको भेनमा प्रहरी परिचालन गरेको थियो ।
यस अघि गत साउन १८ गते मोरङको धनपालथान गाउँपालिका–६ का अमहद हुसेनको उपचारका क्रममा मृत्यु भएको थियो । पिलोको उपचार गर्दा चिकित्सकको लापरवाहीले मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पतालमा तोडफोड गर्नुका साथै कर्मचारीहरुलाई कुटपिटसमेत गरेका थिए ।

आफन्तद्धारा सडक अवरोध
विराटनगर ७ मिलन चोकका ५२ वर्षिय जनक सिंह बस्नेतको गएराती बिहीबार ७ बजेमृत्यु भएपछि मृतकका आफन्तले सडकमा आउजाउ गर्नमा रोक लगाएका छन् । अस्पतालको लापाबाहीका कारण मृत्यु भएको भन्दै विराटनगर ८ स्थित नेपाल राष्ट्र बैंक पुर्व आरके मोडमा बास तेर्साएर सडक अवरोध गरेका छन् ।
अस्पतालका चिकित्सकलाई कारबाहीको माग र सडक चाडो भन्दा चाँडो मर्मत गर्न दवाब दिदै आफन्तले दिउँसो सो सडक खण्ड अवरोध गरेका थिए ।

भिडियो:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्