विराटनगर: अस्पताल र क्लिनिकलाई बिरामी बुझाई पैसा लिने बिचौलीया पक्राउ

<span class='c1'>विराटनगर: अस्पताल र क्लिनिकलाई बिरामी</span> <span class='c2'>बुझाई पैसा लिने बिचौलीया पक्राउ</span>

जिल्ला मोरङ विराटनगर महानगरपालिका अन्तर्गत विभिन्न अस्पतालहरूमा उपचार गराउन आएका विरामी तथा विरामीका आफन्तहरूलाई भेटी "यहाँ डक्टर राम्रो छैन, यो अस्पतालमा कोरोना धेरै छ, उपचार राम्रो छैन" भन्ने जस्ता अफवाह फैलाई विरामी तथा आफन्तहरूलाई झुक्यानमा पारी आफ्नो सम्पर्कमा भएको अस्पताल वा क्लिनिकमा उपचारको लागि प्रेरित गर्ने र सम्पर्कमा भएको फार्मेसीमा औषधी किन्न वाध्य गराउने विचौलीयाको कार्य गरी सर्वसाधारण नागरिकलाई दु:ख हैरानी दिने जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं.-८ अमरटोल बस्ने बर्ष १८ को प्रधुम्न राय र ऐऐ बस्ने बर्ष २३ को आनन्द कुमार साहलाई मिति भदौ ३ गते पक्राउ गरी थप अनुसन्धान कार्य भई रहेको ।
साथै यस्तो किसिमको ब्यवहारबाट अन्य कोही पनि पीडित हुनु भएको छ वा हुन गई रहेको थाहा भएमा जिल्ला प्रहरी कार्यालय मोरङमा सम्पर्क गर्नु हुन समेत अनुरोध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्