दन्तचिकित्सकहरुको छाता संगठन नेपाल दन्त चिकित्सक संघ, मोरङ्गमा नयाँ नेतृत्व चयन भएको छ। शनिबार भएको निर्वाचनको परिणाम अनुसार अध्यक्षमा डा. प्रेक्षा दलि विजयी हुनुभएको छ ।
संघको मोरङ्ग शाखाको निर्वाचनमा अध्यक्ष वाहेकको पदमा भने सर्वसम्मत चयन भएको थियो । अध्यक्ष पदका लागि शनिबार भएको निर्वाचन डा. प्रेक्षा दलि र डा. नुतन नौलाखा लाई कुल खसेको ४८ मतमा बराबारी मत प्राप्त भएको थियो । दुबै लाई बराबर मत प्राप्त भएपछी गोला प्रथा बाट अन्तिम टुङ्गो लगाईएको थियो ।
संघको उपाध्यक्षमा डा. विवेक सिंह, महासचिवमा डा. मिरा आचार्य, कोषाध्यक्षमा डा. पवन मेहता, सहसचिवमा डा. विशाल राज जोशि र सदस्यहरुमा डा. प्राची भगत, डा. निलेश देव, डा. अमित कुमार सिंह , डा. आदित्य शाह सर्वसम्मत चयन हुनु भएको प्रमुख निर्वाचन अधिकृत डा. धिरेन्द्र गिरि द्वारा जारी विज्ञप्तिमा जानकारी गरिएको छ ।