विराटनगरमा छात्राहरुलाई प्रतिरक्षा तालिम दिईएको छ । लायन्स क्लब अफ विराटनगर पाथीभरा र रेड फाउण्डेनको आयोजनामा विराटनगरको जनपथ माध्यमिक विद्यालयको कक्षा ८, ९ र १० का ३० जना छात्राहरुलाई प्रतिरक्षा तालिम दिइएको हो ।
आत्मारक्षा गर्न र विभिन्न हिंसाको सिकारबाट बच्न आवश्यक पर्ने विभिन्न रक्षात्मक विधि सिकाएर छात्राहरुलाई सुरक्षित बनाउने उद्देश्यका साथ तालिमको कायोजना गरिएको थियो । छात्राहरुलाई प्रशिक्षक विवेक थापा, क्षितिज कोइराला र साहिल गिरीले प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि लायन्स क्लबका डिष्ट्रिक गर्भनर रेबतबहादुर कार्की, क्लबकी अध्यक्ष दीपीका कोइराला, लायन्स क्लबका पूर्व गभर्नर लीला ढुंगेल,विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रोहित कोइराला, विराटनगर महानगर पलिकका वडा नं. ११ का वडा अध्यक्ष तिर्थेद्र न्यौपाने, लायन्सका एरिया इम्प्याक्ट चिफ मीना ढुंगेल, रिजनल चेयर पर्सन अनुजा कोइराला, जोन चेयर पर्सन रक्तिम जोशी, विद्यालयका प्रधानाध्याक हरि पराजुली लगायतको सहभागी रहेको थियो ।
तस्विर: संजिव खनाल/उद्घोष दैनिक