विराटनगरको हाजी इलेक्ट्रोनिकसले सेमिको वाटर प्युरिफायरलाई नेपाली बजारमा लिएर आएको छ । 'अब हरेक नेपालीको घरमा शुद्ध पानी' भन्ने नाराका साथ बजारमा आएको वाटर प्युरिफायर ५० % पहिलो भुक्तानी र त्यस पश्चात् हरेक महिना एक हजार रुपैयाँ तिरेर लिन सकिने गरि यो अफर ल्याइएको हाजी इलेक्ट्रोनिकसका प्रबन्ध निर्देशक खुर्शिद आलमले जानकारी दिए ।
यसको बजार मूल्य २४००० राखिएको र डाउन पेमेन्टको मार्फतबाट पैसा तिर्दा समेत कुनै अतिरिक्त शुल्क तिर्न नपर्ने कम्पनी ले जनाएको छ ।
ग्राहकले खरिद गरे पश्चात् अन्य ब्यक्ती लाई रिफर गरेमा हरेक रिफरल मा ५०० को छुट प्राप्त हुनेछ भने एक बर्ष को सम्पुर्ण पार्ट्सको वारेन्टी रहेको उक्त प्युरिफायरको दोस्रो बर्ष देखि बार्षिक २५०० अतिरिक्त शुल्क तिर्दा कम्पनिले जति पटक बिग्रे पनि बनाइ दिने नौलो सुबिधा प्रदान गरेको छ ।
खरिद तथा बिक्री पुर्ण रुपमा एप्स तथा वेबसाइटको माध्यम बाट गर्न सकिने हुदा ग्राहकले बिना झन्झट चौबीसै घन्टा सुबिधा प्राप्त गर्न सक्ने छन । वेबसाईट samypurifier.com ,सेमि मोबाइल एप्स मार्फत तथा बिराटनगरको मेन रोड मा रहेको सिद्धार्थ बैंकसँगै रहेको हाजी इलेक्ट्रोनिकस मा गएर समेत यो सुबिधा प्राप्त गर्न सकिने आलमले बताए ।



