खोप लगाउन इच्छुकको अनलाईन नाम दर्ता गर्न विराटनगर महानगरका स्वयमसेवक घरदैलोमा

<span class='c1'>खोप लगाउन इच्छुकको अनलाईन नाम दर्ता</span> <span class='c2'>गर्न विराटनगर महानगरका स्वयमसेवक घरदैलोमा</span>

प्रेम देवान

विराटनगर । कोभिड–१९ विरुद्धको खोप कार्यक्रमलाई प्रभावकारी र सहज बनाउनको लागी विराटनगर महानगरपालीका भित्र अनलाईन दर्ता गर्नको लागी घरदैलोमा स्वयंमसेवक परिचालन गरिएको छ ।

कोभिड १९ विरुद्धको खोप लगाउनको लागी विराटनगर महानगरपालीकाले १९ वटै वडाहरुमा अनलाईन माध्यमबाट नाम दर्ता गराउन सुरु गरेको छ । खोप लगाउन चाहने १८ वर्ष उमेरमाथिका नागरिकले अनलाइन मार्फत दर्ताका काम यतिबेला भईरहेको छ ।

विश्व स्वास्थ्य संगठन-यूएनडीपीको प्राविधिक सहयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश १ को स्थानिय तहको पाईलोट परियोजनाको आधारमा विराटनगर महानगरपालीका छनौट भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल खोपको रेकर्डिङ र रिपोर्टिङ सिस्टमलाई व्यवस्थित गर्न डिजिटलाइजेसन थालेसंगै यता विराटनगर महानगरपालीकाले पनि विकल्प एन अल्टरनेटिभ नामक संस्थासँग सहकार्य गरेर अनलाईन दर्ता अभियान थालेको छ ।

विकल्पले १९ वटै वडामा ४० जना स्वयमसेवक परिचालन गरेर नाम दर्ताको प्रक्रिया अगाडी बढाईरहेको संस्थाका निर्देशक बसन्त अधिकारीले जानकारी दिनुभयो । विकल्पले अनलाईन दर्ता गर्नु अगाडी ३३ हजार १ सय ८५ जनाले मात्र नाम दर्ता गरेकोमा अहिले अभियान थालेपछि ६३ हजार ७ सय ७५ जनाले आफ्नो नाम दर्ता गरिसकेको अधिकारीले बताउनुभयो ।

सरकारले उमेर समूह अनुसार उपलब्ध गराउने खोप लगाउन आउँदा सोही दर्ता पश्चात पाईने दर्ता नम्बर लिएर जानुपर्ने हुन्छ । विश्वभरका देशले पर्यटक, कामदारलाई अनिवार्य खोप लगाएको प्रमाण माग्न थालेपछि खोपको अनलाइन रेकर्डले अध्यागमनमा पनि सहज हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ । खोप अभियानमा लक्षित समूहले भन्दा अन्यले खोप लगाउने गरेको गुनासा आउन थालेपछि  खोपको दुरुपयोग नहोस भनेर खोपको रेकर्ड र रिपोर्टिङलाई पूर्ण विद्युतीय बनाउन आवश्यक रहेको विराटनगर महानगरपालीकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्