राउण्ड टेबल नेपालले मोरङको बुढीगंगा गाउँपालिका स्थित सरस्वती सदन आधारभूत विद्यालय नेमुवामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
विराट मेडिकल कलेज, टिचिङ हस्पिटलको प्राविधिका सहयोगमा सम्पन्न राउट टेबल हेल्थ सेन्टरबाट त्यस क्षेत्रका स्थानीयले लाभ लिएका छन् । स्वास्थ्य शिविरबाट ६७ जना सर्वसाधारणको डा. रिजवान अन्सारी नेतृत्वको चिकित्सकको टोलीले स्वास्थ्य परीक्षण गरेको आयोजक संस्था विराटनगर प्लेटिनम राउण्ड टेबल ११ ले जनाएको छ । शिविरमा सहयोग गर्ने चिकित्सकको टोलीलाई राउण्ड टेबलका नेशनल प्रेसिडेन्ट तथा प्रमुख अतिथि आन्नद बहेतीले मायाको चिनो प्रदान गर्नुभएको थियो । राउण्ड टेबलले स्थापनाकालदेखि नै सामाजिक सेवाका काम गर्दै आएको छ ।