बंगाली समाज विराटनगर अध्यक्षमा सञ्जय दत्त

<span class='c1'>बंगाली समाज विराटनगर</span> <span class='c2'>अध्यक्षमा सञ्जय दत्त</span>

विराटनगर । विराटनगरमा नेपाल राष्ट्रिय बङ्गाली समाज महानगरपालिका कमिटी गठन गरिएको छ । नेपाल राष्ट्रिय बङ्गाली समाज प्रदेश १ संयोजक तथा अधिवक्ता सुजित कुमार चेलको अध्यक्षतामा बसेको बैठकले समिति गठन गरेको हो ।

भेलाले सर्वसम्मत रुपमा बिराटनगर महानगर कमिटिमा अध्यक्षमा सञ्जय दत्त, उपाध्यक्षद्धयमा रोशनकुमार दत्त, सञ्जीव सुक्ला, सचिवमा मनोज साह र कोषाध्यक्षमा राजकुमार दास चयन भएका छन् । त्यस्तै सदस्यहरूमा सञ्जीव सरकार, दीपेन्द्र कुमार बंगाली, अजय दास, बचूँ कुमार दास र गौतम चेल चयन भएका छन् ।

त्यस क्रममा प्रमुख अतिथि बंगाली समाजका अगुवा समाजसेवी सपन दास, नेपाल राष्ट्रिय बङ्गाली समाजका वरिष्ठ सल्लाहकार तथा नेपाल खानेपानी संस्थान पूर्व कार्यकारी अध्यक्ष महेश दत्त, नेपाल राष्ट्रिय बङ्गाली समाज केन्द्रीय उपाध्यक्ष विप्लव घोष, नेपाल राष्ट्रिय बङ्गाली समाजका केन्द्रीय सचिव सञ्जय बरुवा आधिले आधिले बंगाली समाजका बारेमा प्रष्ट पारेका थिए । उक्त भेलामा केन्द्रीय सदस्य सञ्जय चेल, समाजका कला तथा साहित्य विभाग संयोजक सन्तोष सरकार, प्रदेश १ का सदस्य विन्दानन्द नुन्दी मधुकुल बङ्गाली, समाजका सुनसरी जिल्ला अध्यक्ष शम्भु विश्वास, लगायतको उपस्थिति रहेको थियो ।

नेपाल राष्ट्रिय बङ्गाली समाज केन्द्रीय कमिटीले जिल्ला तथा पालिका स्तरमा नयाँ नेतृत्व गठन गर्ने अभियानलाई तीव्रता दिएको छ । केन्द्रीय कमिटीले देशभर छरिएर रहेका बंगाली समुदायको पहिचान गर्दै उनीहरूको हक अधिकार सुनिश्चितताको अभियानमा लागि परेका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्