भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि

<span class='c1'>भारतमा दैनिक सङ्क्रमितको</span> <span class='c2'>सङ्ख्यामा फेरि वृद्धि</span>

नयाँदिल्ली

भारतमा कोरोनाभाइरसबाट नयाँ सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि भएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ४७ हजार ९२ जना नयाँ सङ्क्रमित थपिएका हुन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोही अवधिमा ३५ हजार १ सय ८१ जना सङ्क्रमणमुक्त भएको जानकारी दिएको छ ।

एउटै समयमा नयाँ सङ्क्रमितको सङ्ख्या भन्दा सङ्क्रमण मुक्त भएकाको सङ्ख्या थोरै भएकाले सक्रिय सङ्क्रमितको सङ्ख्यासमेतमा वृद्धि भएको छ । भारतमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या तीन लाख ८९ हजार ५ सय ८३ रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म तीन करोड २० लाख २८ हजार ८ सय २५ जना कोरोनाभाइरसबाट सङ्क्रमण मुक्त भएका छन् । भारतमा पछिल्लो २४ घण्टामा ५ सय ९ जनाको मृत्यु भएको छ भने अहिलेसम्म कुल मृतकको सङ्ख्या चार लाख ३९ हजार ५ सय २९ पुगेको छ । मृतकमध्ये १ सय ७३ जनाको केरला प्रदेशमा मात्रै मृत्यु भएको हो । केरलामा सङ्क्रमित भएकाको सङ्ख्या ३२ हजार ८ सय २ रहेको छ ।
– सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्