विराटनगर । पछिल्लो समय शारिरिक व्यायम प्रति युवाहरुको आर्कषण बन्दै जान थालेपछि जिमखानाहरु एकपछि अर्को गर्दै संचालनमा आउन थालेका छन् । यसैविच मोरङको बुढीगंगा गाउँपालिका – १ टंकिसिनवारीमा १ करोड २० लाख रूपैयाँ लागतमा ‘न्यू सेप जिम एण्ड फिट्नेश वल्र्ड’ संचालनमा ल्याईएको छ ।
सितोरियो करातेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी प्रभाकर राना मगर (रिक्की) ले बुधबारदेखि जिम र फिट्नेश गर्नेहरूको लागि संचालनमा ल्याएका हुन् । उक्त फिटनेशको उद्घाटन विराट मेडिकल कलेजका अध्यक्ष डा. ज्ञानेन्द्रमानसिहं कार्कीले गर्नुभएको थियो ।
करिब १ कठ्ठा क्षेत्रफलमा सुविधा सम्पन्न भवनमा अत्याधुनिक उपकरणहरू जडान गरि जिम एण्ड फ्टिनेश वल्र्ड संचालनमा ल्याएको रिक्कीले बताए । फिट्नेशमा कराते, बक्सिङ्ग, पर्सन टे«निङ्गहरू हुनेछ । ‘फिटनेशमा आउने सेवाग्राहीहरूको लागि हामीले दक्ष र अनुभवि प्रशिक्षकहरू राखेका छौं,’ संचालक रिक्कीले भने । यहाँ दुई जना महिला प्रशिक्षक र तीन जना पुरूष प्रशिक्षकहरु रहेका छन् ।
प्रशिक्षकहरूमा मिस्टर मोरङ भएका प्रवित राजवंशी, करातेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी प्रभाकर राना मगर, ललिता राई, रचना भट्टराई, मनु मुखिया रहेकी छिन् । फिटनेशमा आउनेहरूका लागि प्याकेज बनाएको छ । ५ हजार ५ सय रुपैयाँमा तीन महिना, १० हजारमा ६ महिना र १ वर्षको १८ हजार रुपैयाँ शुल्क रहेको ‘न्यू सेप जिम एण्ड फिट्नेश वल्र्ड’ ले जनाएको छ ।
तस्वीर ः प्रेम देवान/ आवर विराटनगर