बिराटनगर भदौ २३ ,नेपालमा पनि लोकप्रिय हुदै गएको पपिङ नृत्य-शैलीलाई अगाडी बढाउने उदेश्यका साथ पपिङ शिक्षा अभियान सुरु हुने भएको छ । पूर्ब देखि पश्चिम सम्मको सबै प्रदेशको डान्सरहरूलाई समेट्ने गरी देशको विभिन्न स्थानमा पपिङ नृत्य-शैलीको गहन कार्यशाला कार्यक्रम गरिने भएको हो।उक्त अभियान २३ भाद्र गतेदेखि सुरु हुने अभियानका संयोजक डा. राकेश घिसिङले आवर बिराटनगरलाई जानकारी दिए । अभियानको सुरुवाती चरणमा बनेपामा भाद्र २३ गते र दोस्रो स्थान ललितपुर भाद्र २६ गते तय भएको घिसिङले बताए ।