भारतमा थप २६ हजार सङ्क्रमित, २ सय ५२ को मृत्यु

भारतमा थप २६ हजार सङ्क्रमित, २ सय ५२ को मृत्यु

नयाँ दिल्ली |

भारतमा कोरोना भाइरसबाट थप २६ हजार सङ्क्रमित भएका छन् ।भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा २६ हजार १ सय १५ जना नयाँ सङ्क्रमित थपिएका जनाएको छ ।

यो सँगै भारतमा अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या तीन करोड ३५ लाख चार हजार ५ सय ३४ पुगेको अधिकारीहरुले जनाएका छन् ।

त्यसैगरी पछिल्लो एक दिनमा मृत्यु भएकाहरुको सङ्ख्या भने २ सय ५२ रहेको छ । यो सँगै कुल मृतकको सङ्ख्या चार लाख ४५ हजार ३ सय ८५ पुगेको छ । भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या भने तीन लाख नौ हजार ५ सय ७५ देखिएको छ । यो सङ्ख्या १ सय ८४ दिनपछिकै सवैभन्दा कम भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

पछिल्लो एक दिनमा ३४ हजार ४ सय ६९ जना सङ्क्रमण मुक्त भएका छन् । एउटै अवधिमा नयाँ सङ्क्रमित भन्दा सङ्क्रमण मुक्त भएकाहरुको सङ्ख्या धेरै भएकाले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या घट्दै गएको हो ।
- एएनआई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्