भारतमा थप ३१ हजार ३ सय ८२ जना नयाँ कोरोना सङ्क्रमित फेला

भारतमा  थप ३१ हजार ३ सय ८२ जना नयाँ कोरोना सङ्क्रमित फेला

नयाँ दिल्ली।

भारतमा कोरोना भाइरसबाट थप ३१ हजार ३ सय ८२ जना नयाँ सङ्क्रमित फेला परेका छन् । यो सँगै अहिलेसम्म भारतमा तीन करोड ३५ लाख ९४ हजार ८ सय ३ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार बिहान दिएको जानकारी अनुसार नयाँ सङ्क्रमित मध्ये १९ हजार ६ सय ८२ जना केरलाका मात्रै रहेका छन् ।

भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरूको सङ्ख्या तीन लाख १ सय ६२ पुगेको छ । यो सङ्ख्या १ सय ८८ दिनपछिकै सबैभन्दा कम हो ।

पछिल्लो समय भारतमा महामारी निकै कम हुँदै गएको छ । नयाँ सङ्क्रमित भएकाहरू भन्दा सङ्क्रमण मुक्त भएकाहरूको सङ्ख्या धेरै देखिएकाले सक्रिय सङ्क्रमितहरुको सङ्ख्यामा कमी आएको हो ।

पछिल्लो २४ घण्टामा ३२ हजार ५ सय ४२ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएको अधिकारीहरूले जानकारी दिएका छन् ।

भारतमा अहिलेसम्म कुल तीन करोड २८ लाख ४८ हजार २ सय ७३ जना कोरोना भाइरसबाट सङ्क्रमण मुक्त भएका छन् ।

कोरोनाका कारण भारतमा अहिलेसम्म चार लाख ४६ हजार ३ सय ६८ जनाको मृत्यु भएको छ । ती मध्ये ३ सय १८ जनाको पछिल्लो एक दिनमा मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
- एएनआई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्