विराटनगर ।
गत असोज १ गतेदेखि माइबेनी जलविद्युत आयोजनाले आफ्नो व्यापारिक उत्पादन शुरु गरेको छ । उर्जा डेभलपर्सको सम्बद्ध संस्था सामलिङ्ग पावर कम्पनीले इलाममा निर्माण सम्पन्न गरेको आयोजनाको उत्पादन क्षमता ९.५१ मेगावाट रहेको छ ।
यस आयोजनाले विद्युत खरीद बिक्री सम्झौता (पीपीए) बमोजिम व्यापारिक उत्पादन शुरु गर्नुपर्ने मितिभन्दा दुई महिना अगावै व्यापारिक उत्पादन शुरु गरेको हो ।