इटहरीमा चाडपर्व लक्षित बजार अनुगमनलाई तीव्रता

इटहरीमा चाडपर्व लक्षित बजार अनुगमनलाई तीव्रता

इटहरी । इटहरी उप–महानगरपालिकामा बजार अनुगमनलाई तीव्रता दिईएको छ ।

चाडपर्व नजिकिएसँगै उप–महानगरले बजार अनुगमनलाई तीव्रता दिएको हो । बिहीबार उप–महानगरपालिका, जिल्ला प्रशासन कार्यालयको प्रतिनिधि, खाद्य प्रविधि तथा गुण नियन्यण कार्यालयका प्रतिनिधि, उपभोक्ता अधिकारवादी संस्थाका प्रतिनिधि र प्रहरी सहितको टोलीले इटहरी बजारको अनुगमन गरेको छ । अनुगमनमा इटहरी बजारको बसपार्क छिर्ने लाईनका मासु पसलमा मूल्य सूची नराखिएको पाईएको छ । ७ वटा मासु पसल अनुगमन गर्दा एउटा पसलबाट ३ केजी पूरानो बोसो समेत जफत गरि नष्ट गरिएको छ । दुईवटा पसलले व्यवसाय नविकरण नगरेको भेटिएको छ ।

उप–महानगरले यसअघि पनि इटहरी बजारको अनुगमन गरेको थियो । यसअघि अनुगमन गरिएका मासु पसलहरुमा भने सुधार भएको पाईएको उपमहानगरका उपभोक्ता हित संरक्षण शाखा प्रमुख नोवल किशोर भट्टराईले बताए । उनले बिहीबारको अनुगममा भने मासु पसल सञ्चालकहरुलाई पालना गर्नुपर्ने मापदण्डका बारेमा अवगत गराईएको जानकारी दिए ।

इटहरी उप–महानगरपालिकाले भने अर्को पटकको अनुगमनमा मापदण्ड पालना नगरेको पाईए कानुन बमोजिम कारवाही गरिने चेतावनी समेत दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्