नागरिकको अपेक्षाअनुसार काम गर्ने प्रतिबद्धता

<span class='c1'>नागरिकको अपेक्षाअनुसार काम</span> <span class='c2'>गर्ने प्रतिबद्धता</span>

लुम्बिनी प्रदेश सरकारका उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वीरबहादुर रानाले आफ्नो कार्यकालमा जनताको अपेक्षाअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

मङ्गलबार पाल्पामा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री रानाले यस प्रदेशका जनताले अनुभूति गर्ने गरी काम गरेर देखाउने बताउनुभयो ।

नेपाली कांग्रेस पाल्पाका सभापति समेत रहेका मन्त्री रानाले पाल्पामा विद्युतको समस्या हल गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।उज्यालो पाल्पा बनाउने,सिद्धबाबाको सडकका खाल्डाखुल्डी पुरेर धुलोरहित बनाउन पहल गर्ने आस्वासन उहाँले दिनुभयो ।

नेपालमा राजनीतिक दलप्रति जनताको निराशा बढ्दै गएकाले कामका माध्यमबाट नागरिकको सो निराशा हटाउन आफूले सक्दो प्रयास गर्ने मन्त्री रानाले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्