तलेजुमा गरियो बलिरहित पूजा

<span class='c1'>तलेजुमा गरियो</span> <span class='c2'>बलिरहित पूजा</span>

भक्तपुरको तलेजु मन्दिरमा बुधबार बलिरहित पूजा सम्पन्न गरिएको छ । हरेक वर्ष दसैँमा बुधबार तलेजुमा ५४ बोका, ३२ राँगो र ३२ हाँस बलि दिने गरिए पनि यसवर्ष कोरोना भाइरस सङ्क्रमणका कारण तलेजुमा बलि नदिई पूजा सम्पन्न गरिएको तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो ।

तलेजुमा राजोपाध्याय, जोशी र कर्माचार्य पूजारीले नरिवल र हाँसको अण्डा चढाएर पूजा गरेको उहाँले जानकारी दिनुभयो । गुठी संस्थानको खर्चमा हुने वर्षौदेखि चल्दै आएको बलि दिने परम्परा गतवर्ष र यसवर्ष कोरोना भाइरस सङ्क्रमणका कारण रोकिएको उहाँले जानकारी दिनुभयो ।

तलेजुलाई मूल चोकको दसैँ घरमा विराजमान गराउने वर्षौदेखिको परम्परासमेत यसवर्ष रोकिएको छ । कोरोनाकै कारण गतवर्ष र यसवर्ष तलेजुलाई मूल घरबाट दसैँ घर नलगिएको मूल नाइके जोशीले जानकारी दिनुभयो ।

त्यसैगरी यसवर्ष कुमारीलाई काठमाडाँैंस्थित कुमारी घरमै राखिएको छ । कुमारीलाई फूलपातीको दिनदेखि तलेजुमा राख्ने परम्परा भएपनि यसवर्ष भने कुमारीलाई तलेजुमा ल्याइएको छैन । यसवर्ष कुमारी जीवीका बज्राचार्यलाई क्वाठण्डौमा राखेर पूजा गरिएको छ ।

तस्विर: आयुष तुलाधर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्