“पैसा कमाउन बिदेश नै जानु पर्दैन” झापाका दुइ युवाको कथा

<span class='c1'>“पैसा कमाउन बिदेश नै जानु</span> <span class='c2'>पर्दैन” झापाका दुइ युवाको कथा</span>

झापा , १ असोज 

आर्थिक उपार्जनका लागि नेपाली युवा रोजगारीको खोजीमा दैनिक विदेशिइरहेका बेला दक्षिणी झापाका दुई युवाले गाउँमा बसेर मासिक रु ६० हजार भन्दा बढी कमाई गरिरहनुभएको छ । वैदेशिक रोजगारीका लागि विदेश गएर झन्डै तीन वर्ष दुबई तथा कतारमा रहेर काम गर्दा भनेजस्तो नभएपछि गोलधाप – १ निवासी ३० वर्षीय भरतप्रसाद ओली र सोही ठाउँ निवासी ५४ वर्षीय जनकलाल तिवारीले गाउँमा नै दूध चिस्यान केन्द्र सञ्चाल गरेर अहिले मनग्य आम्दानी गरिरहनुभएको छ ।

उहाँहरुले राजगढ – ६ मा विगत सात वर्षदेखि कनकाई दूध डेरी उद्योग तथा चिस्यान केन्द्र सञ्चालन गरेर आम्दानीको राम्रो स्रोत जुटाउनुभएको छ । झन्डै रु चार लाख ५० हजारको लगानीमा सुरु गरेको उक्त व्यवसायबाट अहिले दैनिक खर्च कटाएर रु दुई हजारभन्दा माथि बचत गर्ने गरेको ओलीले बताउनुभयो ।

ओली वैदेशिक रोजगारीका लागि रु दुई प्रतिशतमा ब्याजदरमा ऋण खोजेर सन् २००३ मा रु ८० हजार खर्च गर्दै विदेश (दुबई) जानुभएको थियो । दुबईमा २८ महिना बस्दा पनि राम्रो कमाइ गर्न नसकेपछि नेपाल फर्किएको उहाँले बताउनुभयो ।

नेपाल फर्किए पनि ऋण तिर्न आफ्नै कुनै माध्यम नभएपछि पुनः सन् २००५ मा कतार गएको तर ११ महिना बित्न नपाउँदै घर फर्किएर गउँमा नै दूध सङ्कलन केन्द्रको सुरुवात गरेको ओलीले बताउनुभयो ।

राजगढमा सञ्चालनमा ल्याएको दूध सङ्कलन केन्द्रका कारण त्यस क्षेत्रका कृषकले दूध बिक्री गरेर मनग्य आम्दानी गर्ने गरेको स्थानीय कृषक पदमप्रसाद भण्डारीले बताउनुभयो । उहाँका अनुसार गाउँका अधिकांश कृषकले दूध बिक्रीका लागि नै उन्नत जातका पशुपालन व्यवसाय सुरु गरेका छन् ।

सस्तो मूल्यमा भारतीयलाई दूध बेच्दै आएका किसानले अहिले उक्त चिस्यान केन्द्रमा उचित मूल्यमा दूध बेच्न थालेको अगुवा कृषक केशवप्रसाद बरालले बताउनुभयो । ग्रामीण क्षेत्रका कृषकलाई यही स्वरोजगारको वातावरण सिर्जना गर्न तथा यो व्यवसायलाई प्रोत्साहित गर्न गत वर्ष क्षेत्रीय पशुसेवा निर्देशनालय विराटनगरले रु एक लाख अनुदान उपलब्ध गराएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्