युथ फर ब्लडकाे तालिम विराटनगर र काठमाडाैंमा सम्पन्न

<span class='c1'>युथ फर ब्लडकाे तालिम</span> <span class='c2'>विराटनगर र काठमाडाैंमा सम्पन्न</span>

 युथ फर ब्लडको मोरङ शाखाले छैठौं नेतृत्व विकाश तालीम सम्पन्न गरेको छ । विराटनगरको उद्योग वाणिज्य संघस्थित अमेरिकन कर्नरमा भएको उक्त तालिममा वर्ल्ड भिजनका टंक सुवेदी र क्रिएटिभ आर्इका सन्दिप दास श्रेष्ठले सहभागी युवाहरूलाई समुह कार्य , नेतृत्वकाे भुमिका लगायतकाे विषयमा सामुहिक खेल, अभ्यासहरूकाे माध्यमबाट सिकाउनु भएकाे थियाे । ५० जना सहभागी उक्त तालिमकाे संयाेजन सचिव अंकित दासले गर्नु भएकाे थियाे भने संस्थाका महासचिव विवेक दाहालले संचालन गर्नु भएकाे थियाे ।VLT morang (1)

युथ फर ब्लडकाे काठमाण्डाै शाखाले शनिवार नै यस्तै तालिम स्वास्थ्य तथा जनसंख्या मन्त्रालय माईतिघरको हलमा अायाेजना
गरेकाे थियाे । ६५ जना युवाहरुको उपस्थिती रहेकाे तालिममा मानशिक परामर्शदाता सरोज गिरी¸ ओपन स्पेश नेपालका संस्थापक अवदुस मिँया¸ रंगकर्मी सिजन दाहाल¸ सक्रिय साथका सुयोग ढकाल¸ र कवि/ लेखक सुरज सुवेदीले क्रमश संकट व्यवस्थापन¸ नेतृत्व विकाश¸ वोलिको स्वर र ध्वनी प्रणाली¸ पव्लिक स्पिकिङ र क्षमता पहिचानको विषयमा सेसन लिनुभएको थियो ।
युथ फर व्लडले आफ्ना पाँच वटै जिल्ला शाखाहरुमा हरेको तीन तीन महिनामा उक्त प्रकृतिको तालिम संचालन गर्दै युवाहरुलाई सामाजिक नेतृत्वमा लाग्न उत्प्रेरित गर्दै आएको छ ।VLT morang (3)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्