महिला प्रजनन सम्वन्धि अधिकार शुनिश्चित हुनुपर्ने

<span class='c1'>महिला प्रजनन सम्वन्धि</span> <span class='c2'>अधिकार शुनिश्चित हुनुपर्ने</span>

 

विराटनगर २ असोज ।

जारी हुन लागेको नया संविधानमा महिला प्रजनन सम्वन्धि अधिकार शुनिश्चित हुनुपर्ने भन्दै नेपाल परिवार नियोजन संघले विराटनगरमा  छलफल कार्यक्रमकको आयोेजना गरेको छ ।

परिवार नियोजन संघले ५७ औं दिवसको अवसर पारेर नेपालको मस्यौदा संविधान २०७२ र महिला यौनतथा प्रजनन स्वास्थ्य अघिकारमा प्रावधान छलफल कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रमा वोल्दै परिवार नियोजन संघका मोरंग जिल्ला अध्यक्ष जनक वस्नेतले महिलाहरुको प्रजनन हक अधिकारका लागी सवै सचेत हुनु जरुरी रहेको बताउनु भयो ।

कार्यक्रमा संघका पुर्व केन्द्रिय सदस्य सुवोध निरौला अधिवक्ता निर्मला आचार्य लगायतले अव वन्ने नया संविधानमा महिलाको प्रजननको अधिकार शुनिश्चित हुनुपर्नेमा जोड दिनुभयो । छलफल कार्यक्रममा भोलेन्टियर महिला तथा कार्यरत महिलाहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्