प्राथमिक उपचार र सडक सुरक्षा सम्बन्धी चार दिने तालिम विराटनगरमा सुरु

<span class='c1'>प्राथमिक उपचार र सडक सुरक्षा सम्बन्धी</span> <span class='c2'>चार दिने तालिम विराटनगरमा सुरु</span>

 

प्रेम देवान

विराटनगर २ असोज ।

नेपाल रेडक्रस सोसाईटी मोरङ शाखाको आयोजनामा प्राथमिक उपचार र सडक सुरक्षा सम्बन्धी चार दिने तालिम विराटनगरमा सुरु भएको छ । पछिल्लो समयमा बढ्दो दुर्घटनालाई न्युनीकरण गर्न आयोजना गरिएको सो तालिमका संयोजक उत्तमकुमार कार्कीले जानकारी दिनुभयो । विराटनगरदेखि उर्लाबारीसम्मको सडक खण्डमा बढी मात्रमा दुर्घटना हुने गरेको र त्यसलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा सहभागीहरुलाई प्रशिक्षण दिइएको थियो । पाँचवटा रेडक्रस सोसाइटी उपशाखाका स्वयंसेवक सदस्यहरु तालिममा सहभागी भएका छन् । तलिममा दुर्घटनामा परेका घाइतेहरुको उपचारको विषयमा पनि प्रशिक्षण दिइने तालिम संयोजक कार्कीले बताउनुभयो । तालिमको उद्घाटन कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख भानु याङदेन, ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी सहायक निरीक्षक दिनेशकुमार चौधरी रेडक्रस सोसाइटी मोरङ शाखाका सभापति सुबोधकुमार सिंहलगायतले मन्तव्य राख्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्