आजदेखि एकचालीसौँ नेपालभाषा साहित्य तःमुंज्या शुरु

<span class='c1'>आजदेखि एकचालीसौँ नेपालभाषा</span> <span class='c2'>साहित्य तःमुंज्या शुरु</span>

एकचालीसौँ नेपालभाषा साहित्य तःमुंज्या (नेपालभाषा सम्मेलन) तथा सांस्कृतिक कार्यक्रम भक्तपुरमा आजदेखि शुरु भएको छ । सम्मेलनको ख्वप इन्जिनियरिङ कलेजमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ तथा सांस्कृतिक गुरू कृष्ण सितिखुले उद्घाटन गर्नुभयो ।

नेपालभाषा, साहित्य, कला र संस्कृतिको सम्वद्र्धन र विकासको लागि भइरहेको प्रयासमा टेवा दिने उद्देश्यले नेपाल सम्वत् ११०० (विसं २०३७) मा नेपालभाषा साहित्य तःमुंज्या स्थापना भएको थियो । हरेक वर्ष कौलाथ्व द्वादशी र त्रयोदशीका दिन दुईदिने कार्यक्रमका साथ तःमुंज्या (सम्मेलन) सञ्चालन हुँदै आएको छ ।

प्राध्यापक विश्वमोहन जोशीको सभापतित्वमा आज भएको सम्मेलनमा देशको सार्वभौमिकता खतरामा परेको, भारतद्वारा गरिएको सीमा अतिक्रमण, एमसीसी सम्झौताको विरोध, भ्रष्टाचार र अनियमितताको विरोध, समाजमा विद्यमान असमानता, अन्याय र अत्याचारको विरोधमा केन्द्रित भएर साहित्य वाचन भएको नेपालभाषा साहित्य तःमुंज्या मू गुथि (मूल समिति)का अध्यक्ष आशाकुमार चिकङ्बञ्जारले जानकारी दिनुभयो ।

तःमुंज्यामा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, वरिष्ठ पत्रकार भैरव रिसाल, सीमाविद् बुद्धिनारायण श्रेष्ठ, सीमा अध्येता रतन भण्डारी, प्राडा सर्वज्ञभक्त मल्ल, पूर्वन्यायाधीश गौरीबहादुर कार्की, पूर्वसेनानी प्रेमसिंह बस्न्यात, चिकित्सा क्षेत्रका डा विश्वबन्धु शर्मा, डा राजेन्द्र कोजू, डा पुकारचन्द्र श्रेष्ठ, डा सानुमाया श्रेष्ठ, डा ऋषिकेशनारायण श्रेष्ठ, साहित्यकारमा समालोचक डा रामप्रसाद ज्ञवाली, मोहन दुवाल, कृष्णकुमार वैद्य, सूर्यप्रसाद लाकौल, सुलोचना मानन्धर, नरेन्द्र प्रसाई, इन्दिरा प्रसाईँ, अभय श्रेष्ठ, प्रतिसरा सायमी, जनकवि चन्द्रबहादुर उलक, दामोदर सुवाललगायतले साहित्य वाचन गर्नु भएको छ ।

तःमुंज्याको पहिलो दिन कृषि विशेषज्ञ बाबुकाजी भोमी र सांस्कृतिक गुरू कृष्ण सितिखु, न्हुछेकुमार अवाल, हरिभक्त सुवाल, हरिराम सुवाल, तुल्सी शाही र कृष्णप्रसाद दथेपुथेलाई अभिनन्दन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्