नेपालमा आजै ४ भुकम्प : सबैको केन्द्रबिन्दु सिन्धुपाल्चोक

<span class='c1'>नेपालमा आजै ४ भुकम्प</span> <span class='c2'>: सबैको केन्द्रबिन्दु सिन्धुपाल्चोक</span>

आज सोमबार एकैदिन सिन्धुपाल्चोकमा चार पटक भुकम्पको गएको छ ।

दिउँसो १ बजेर ४६ मिनेटमा सिन्धुपाल्चोकको पाङताङलाई केन्द्रबिन्दु बनाई पहिलो भुकम्प महसुस गरिएको थियो । त्यसको १० मिनेट पछि १ बजेर ५६ मिनेटमा दोश्रो पटक पाङताङ नै केन्द्रबिन्दु बनाएर भुकम्प महसुस भएको थियो । यसै गरि पाङताङ नजिकै हगमलाई केन्द्रबिन्दु बनाएर ३ बजेर २० मिनेटमा तेस्रो पटक र त्यसको ३ मिनेट पछि ३ बजेर २३ मिनेटमा चौथो पटक भुकम्पको महसुस गरिएको थियो ।

आज गएको भुकम्पमा पहिलो र दोश्रो भुकम्प ४ दशमलव ७ म्याग्निच्युडको , तेस्रो ४ दशमलव १ म्याग्निच्युडको र चौथो ४ म्याग्निच्युडको भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले
जनाएको छ ।

यस अघि आईतबार बिहान करिब ४ बजेर १० मिनेटमा पनि गोरखा आसपास भुकम्पको धक्का महसुस भएको थियो भने सिन्धुपाल्चोकमा गत ९ गते र १५ गते एक-एक र १६ गते एकै दिन दुई पराकम्प अनुभव गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्