राष्ट्रपति डा.रामवरण यादवले नेपालको संविधान २०७२ मा हस्ताक्षर गर्दै जारी भएको घोषणा गरेका छन्।
साझ ५ बजेर ५० मिनेटमा राष्ट्रपतिलाई सभामुख सुवासचन्द्र नेम्बाङले हस्ताक्षरका लागि राष्ट्रपतिलाई अनुरोध गरेका थिए।
‘संविधानसभाद्वारा पारित एवम् संविधानसभाका अध्यक्षद्वारा प्रमणित भएको संविधान आज मिति २०७२ साल असोज ३ गतेदेखि प्रारम्भ भएको नेपाली जनतासमक्ष घोषणा गर्दछु,’ राष्ट्रपतिले भनेका छन्।