सामलिङ पावर कम्पनी लिमिटेडको आईपियो खुल्ला

<span class='c1'>सामलिङ पावर कम्पनी</span> <span class='c2'>लिमिटेडको आईपियो खुल्ला</span>

पछिल्लो समय नेपालमा सेयर बजार तर्फ मानिसहरुको आकर्षण बढ्दै गईरहेको छ । यहि समय विभिन्न कम्पनीका आईपीओ समेत खोलिरहेका छन् । यस्तै सामलिङ पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि नयाँ साधारण सेयर बिक्री खुला गरेको छ।

सामलिङले आज बिहीबारबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा सात करोड ३० लाख रुपैयाँ मूल्य बराबरको सेयर निस्कासन गरको हो । कम्पनीले सात लाख ३० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) जारी गरेको छ ।
उक्त सेयरमध्ये छ लाख ७८ हजार ९०० कित्ता सेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन् । बाँकि ३६ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरेको र १४ हजार ६०० कित्ता सेयर कर्मचारीलाई सुरक्षित राखिएको छ ।

सर्वसाधारणले कात्तिक ८ गते सम्म न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्