क्षतिको अध्ययन गरेर थप राहत उपलब्ध गराउँछु : प्रधानमन्त्रीे

<span class='c1'>क्षतिको अध्ययन गरेर थप राहत</span> <span class='c2'>उपलब्ध गराउँछु : प्रधानमन्त्रीे</span>

मुना हमाल
गोरखापत्र समाचारदाता

सुर्खेत, कात्तिक ४ गते । प्रधामन्त्री शेरबहादुर देउवाले अबिरल बर्षाका कारण भएको क्षतिको अध्ययन गरेर थप राहतको व्यवस्था गरिने बताउनु भएको छ । सुदूरपश्चिम प्रदेशमा भएको बाढी पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न जाने क्रममा सुर्खेत बिमानस्थलमा संचारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले बाढी पहिरोले नेपालमा अपुरणीय क्षति गरेको पनि बताउनुभयो ।

उहाँले सरकारले राहतको व्यवस्था गरे भन्दै स्थलगत रुपमा अध्ययन गरेर थप राहतको व्यवस्था गरिने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘बाढी पहिरोले ठूलो जनधनको क्षति गरेको छ । नेपालका लागि यो अपुरणीय क्षति हो । प्रभावित क्षेत्रको निरीक्षण गर्न जाँदै छु । सरकारले अध्ययन गरेर थप राहतको व्यवस्था गर्छ ।’
प्रधानमन्त्री देउवाले जलवायु परिवर्तनका असरका बारेमा अन्तर्राष्ट्रिय जगतमा कुरा राख्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘जलबायु परिवर्तनले नेपाललाई पनि ठूलो असर गरेको छ । यसको विषयमा पनि नेपालले अन्तर्राष्ट्रिय जगतमा कुरा राख्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्