तुम्लिङ फसेका चार विदेशीको उद्धार

<span class='c1'>तुम्लिङ फसेका चार</span> <span class='c2'>विदेशीको उद्धार</span>

सिमकोट, ४ कात्तिक हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाका तुम्लिङमा अलपत्र परेका चार विदेशी र तीन नेपाली नागरिकको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । हिमपातले तीन दिनदेखि अलपत्र परेका उनीहरुलाई आज उद्धार गरी सिमकोट ल्याइएको हो ।

हिमपातले वडा नं ६ लिमीको तुम्लिङमा अलपत्रमा परेर उद्धार गरिएका चार स्लोभानियाली नागरिक रहेका हुन् भने तीन उनीहरुसँगै गएका नेपाली नागरिक ट्रेकिङगाडइ छन् । अलपत्र परी उद्धार हुनेमा स्लोभिनियाका बर्निक स्टोजन, ग्रोसोज बिक्टर, कोटिनक ल्भाम, लापन्जा कास्टेलिक दानीजेला छन् ।

हिमपातले तीनदेखि लिमीको तुम्लिङमा अलपत्र परेका स्लोभानियाली तीन पुरुष र एक महिलासहित तीन नेपाली ट्रेकिङगाइडको एयर डाइनेष्टिक हेलिकोप्टरबाट उद्वार गरी सिमकोट ल्याइएको छ । सदरमुकाम सिमकोटबाट लिमितर्फ हिँडेको १३ दिन भएको र तीन दिनदेखि लिमीको तुम्लिङमा हिमपातले अलपत्र परेको ट्रेकिङगाइड अशिम तामाङले जानकारीदिनुभयो । लिमीको हल्जीगाउँमा गएर टेलिफोन गरी हेलिकोप्टर बोलाएको उहाँले बताउनुभयो ।

यस्तै उनीहरुसँगै तुम्लिङमा फसेका अन्य छ नेपाली नागरिक आजबाट मौसम सफा रहेकाले पैदलमार्ग भएर खच्चडबाट सिमकोट पुग्ने भएको तामाङले जानकारी दिनुभयो । आइतरबार रातिदेखिको अविरल वर्षा र हिमपातले तीन दिनदेखि उनीहरु तुम्लिङमा फसेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्