बिराटनगर आएर ठाकुरले भने “वार्ता हुन कठिन छ”

<span class='c1'>बिराटनगर आएर ठाकुरले भने</span> <span class='c2'>“वार्ता हुन कठिन छ”</span>

विराटनगर ५ असोज ।

तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रमुख राजनीतिक दलहरूले मधेसमा चलिरहेको आन्दोलन र मागको विषयमा सम्बोधन गर्ने ठोस कुरा नल्याएकाले अब वार्ता हुन कठिन रहेको बताएनुभएको छ । आज विराटनगर विमानस्थलमा सन्चारकर्मीहरुसँग कुरा गर्दै ठाकुरले आफूहरुले उठाएका मुद्दाकाबारे ठोस कुरा नआएसम्म वार्ताको सम्भावना नरहेको जिकिर गर्नुभयो । सप्तरीको राजविराजमा मधेस आन्दोलनको नयाँ रणनीति तयार गर्न हुने छलफलमा सहभागी हुन आउनुभएका ठाकुर आफ्नै मोर्चाले गरेको आन्दोलनका कारण विराटनगरबाट मोटरसाइकलमा चढेर राजविराजतर्फ लाग्नुभएको थियो । यसअघि, आजै राजधानीमा ठाकुरसँग प्रधानमन्त्री सुशील कोइरालाले भेटवार्ता गर्नुभएको थियो ।
००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्