इटहरीमा बन्द बिरुद्ध ब्यापारी सडकमा उत्रेपछि तनाव

<span class='c1'>इटहरीमा बन्द बिरुद्ध ब्यापारी</span> <span class='c2'>सडकमा उत्रेपछि तनाव</span>

असोज ६ | तेज बन

इटहरी – नयाँ संबिधानको बिरोधमा उत्रिएका लिम्बुवान संघर्ष समिति सहित ३३ दलीय मोर्चाले आवहान गरेको अनिश्चितकालिन आम हडतालको चौथो दिन बुधबार पूर्वको केन्द्र इटहरीमा ब्यापारी सडकमा आएका छन् । उनीहरुले बन्दको विरोध गर्दे आ–आफनो ब्यापार सञ्चालन गरेका छन ।

बुधबार इटहरीको मुख्य चौकमा भेला भएका बन्दकर्ता लिम्बुवान सहितका कार्यकर्ताले खुलेका पसल बन्द गराउँदै हिडेका थिए । सोहीक्रममा एकै ठाँउमा भेला भएका ब्यापारीले बन्दकर्ता बिरुद्ध नारावाजी गरेका थिए । त्यसपछि इटहरी केही क्षण तनावग्रस्त बनेको थियो ।

बन्दकर्ता बिरुद्ध आक्रोशित बनेका ब्यापारीलाई आ–आफनो पसल सञ्चालन गर्न र प्रहरीले शुरक्षा दिने प्रतिबद्धता जाहेर गरेपछि ब्यापारीले आ–आफनो पशल सञ्चालनमा ल्याएका छन ।

इटहरीको मुख्य चौकमा भेला भएका ब्यापारीले आफनो क्षेत्रमा रहेका बन्दकर्तालाई लेखेटने योजना बनाएका थिए । बन्दकर्ता लिम्बुवान कार्यकर्ता र इटहरीका ब्यापारीबीच पटक–पटकझडपको अबस्था आएको थियो ।

बन्दकर्ताले चोकमा राखेको माइकिङ , कालो झण्डा , ब्यानर, लाठी, रसी लगायतका समान प्रहरीले खोसेर लगेपछि भिड साम्य बनेको थियो । ब्यापारीले इटहरीको मुख्य चोकमा भेला भई नाराबाजी गरेका थिए । ब्यापारीले गरिखान नदिए बन्दकर्ता लखेटने चेतावनी दिए ।

व्यापारी र बन्दकर्ताबीच झडपको सम्भावना बढेपछि हाल इटहरी क्षेत्रमा प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्