बन्दकर्ता भेट्दा आचार्य महाश्रमणले भने ” चाडै शान्ती कायम गर्नुहोस “

<span class='c1'>बन्दकर्ता भेट्दा आचार्य महाश्रमणले भने ”</span> <span class='c2'>चाडै शान्ती कायम गर्नुहोस “</span>

विराटनगर ६ असोज ।

विराटनगरमा जैन धर्मावलम्वीहरुको चातुर्मास अनुष्ठान चलिरहेको छ । विगत ३९ दिन देखि भएको बन्दले चातुर्मास पनि निकै नराम्रोसँग प्रभावित बन्न पुगेको छ । तर तिनै बन्दको नेतृत्व गर्ने दलका नेताहरुले मंगलबार जैन धर्मका आचार्य महाश्रमणसँग भेटघाट गरेका छन् । सद्भावना पार्टीका वरिष्ठ नेता दिलीप धाडेवा, संघीय समाजवादी फोरम नेपालका मोरङ जिल्ला अध्यक्ष राजकुमार यादव, सद्भावना पार्टीका जिल्ला अध्यक्ष चन्द्रप्रसाद राजवंशी लगायतका नेताहरुले आचार्य महाश्रमणसँग भेट गर्नुभएको छ । सो भेटका अवसरमा महाश्रमणले जतिसक्दो चाडो शान्ति कायम गर्न आग्रह गर्नुभएको थियो । जतिसक्दो चाँडो शान्ति ल्याउन र सामाजिक सद्भाव कायम राख्न महाश्रमणले आग्रह गर्नुभएको थियो । नेता दिलीप धाडेवाले आन्दोलनको स्वरुप परिवर्तन हुन लागेको जानकारी गराउँदै आन्दोलन बाध्यता भएको बताउनु भएको थियो । आन्दोलनकारी नेताहरुलाई भेट दिएर महाश्रमणले शान्तिको पक्षमा आफ्नो धारणा राख्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्