बेमौसमी वर्षाले तरकारी खेतीमा समेत नोक्सानी

<span class='c1'>बेमौसमी वर्षाले तरकारी</span> <span class='c2'>खेतीमा समेत नोक्सानी</span>

विजयकुमार साह
ढल्केबर
हालै परेको अविरल वर्षाले धनुषामा धानबालीसँगै तरकारी बालीमा समेत नोक्सान गरेको छ । जिल्लाको क्षीरेश्वरनाथ नगरपालिका ८ दिगम्बरपुरका किसानको सयौं बिघामा लगाएका गोभी, भाण्टा, गोलभेडा र खुर्सानीलगायत मौसमी तरकारीबालीमा वर्षाको पानीले नोक्सान गरेको हो । बर्षाले तरकारी बाली क्षति पुगेपछि यहाँका किसान चिन्तामा छन् ।

उम्रँदै गरेका सागसब्जीका बिरुवा र लहरे तरकारीबाली गलेर नोक्सान भएको किसान शिवनारायण यादवले बताउनुभयो । उहाँले पाँच कठ्ठा खेतमा लगाएको तरकारीबाली ७५ प्रतिशतसम्म नष्ट भएको जानकारी दिनुभयो ।

यादवले सय बिघा जमिनमा लगाइएको तरकारी बाली नष्ट हुँदा करिब एक करोड रुपियाँ मूल्यबराबरको क्षति भएको जानकारी दिनुभयो । तरकारी बिरुवा डुबानमा परेर नोक्सान भएको भए पनि तत्काल नयाँ बिरुवा रोप्ने वातावरण नरहेको किसान रामचन्द्र चौधरीले बताृउनुभयो ।

दिगम्बरपुरकी गङ्गावतीप देवीले बारीमा लगाइएको तरकारी बाली नष्ट भएपछि वर्षदिनको कमाइ खेर गएको बताउनुभयो । कोभी, भाण्टा, गोलभेडा र खुर्सानी गरी सबै नष्ट भएको उहाँको भनाई छ । खेतीबाट नै जीवन धान्न गरिए पनि वर्षाले तरकारी खेतीबाली नोक्सान गरेपछि समस्या परेको उहाँले बताउनुभयो ।

तरकारी बालीमै निर्भर दिगम्बरपुरका ९० प्रतिशत किसानको जीवन खेतिपातीबाटै गुजारा गर्दै आएका थिए । यहाँका किसानले उत्पादन गरेको तरकारी ढल्केवर, महेन्द्रनगर र जनकपुरलगायत नजिकको बजारमा खपत हुने गरेको छ ।

जिल्लाको मिथिला नगरपालिका, बटेश्वर गाउँपालिका र गणेशमान चारनाथ नगरपालिकाका किसानले मुख्यरुपमा तरकारी उत्पादन गर्दैआएका छन् । यी क्षेत्रमा वर्षाको पानीले तरकारी बालीमा नोक्सान पुगाएपछि स्थानीय कृषक चिन्तित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्