भोक्राहामा एम्बुलेन्स र एक मोटरसाइकलमा तोडफोड

<span class='c1'>भोक्राहामा एम्बुलेन्स र</span> <span class='c2'>एक मोटरसाइकलमा तोडफोड</span>

सुनसरी, असोज ७

आन्दोलनरत सँयुक्त मधेशी मोर्चाका बन्दकर्ताहरुले सुनसरी जिल्लाको भोक्राहामा बुधबार दुई एम्बुलेन्समा तोडफोड तथा एक मोटरसाइकलमा आगजनी गरेका छन्।

पूर्वपश्चिम राजमार्ग अन्तरगत भोक्राहा गाविस ५ मा बन्दकर्ताहरुले बिराटनगरबाट बिरामी बोकेर सिरहा जिल्लाको लहानतर्फ जादै गरेको को. १ च ४६९५ र स. १ त ८७३ नम्बरको एम्बुलेन्सको शिशा तोडफोड गरेका हुन्।
बन्दकर्ताहरुले सोही स्थानमा बुधबार राती धरानतर्फ आउदै गरेको बा. ५३ प ६८५४ नम्बरको मोटरसाइकलका चालकलाई कुटपिट गरी उक्त मोटरसाइकलमा आगजनी गरेका छन्।

कुटपिटबाट मोटरसाइकल चालक सुनसरी धरान नगरपालिका १५ बस्ने ३० वर्षिय कमल जिमी घाइते भएकाले उपचारकालागि ईनरुवा अस्पताल लगिएको छ। आगजनीमा संलग्न समुहको प्रहरीबाट खोजतलाश भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्