पेट्रोलियम पदार्थ नभएपछि सवारीसाधनमा जोरबिजोर प्रणाली सुरु

<span class='c1'>पेट्रोलियम पदार्थ नभएपछि सवारीसाधनमा</span> <span class='c2'>जोरबिजोर प्रणाली सुरु</span>

 

काठमाडौँ, असोज, सरकारले भोलि आइतबारदेखि लागू हुनेगरी देशभर सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गरेको छ । गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालका अनुसार अत्यावश्यकीय सवारीसाधनबाहेक अन्य सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गर्ने मन्त्रालयले निर्णय गरेको हो ।

अत्यावश्यकीय सवारीसाधनको रुपमा सुरक्षा निकायका सवारीसधान, एम्बुलेन्स, दमकल, शववाहन, तरकारी, फोहोर बोक्ने, दुध बोक्ने, पानी बोक्ने सवारीसाधनमा भने जोरबिजोर प्रणाली लागू नगरिने उहाँले जानकारी दिनुभयो ।

यो व्यवस्थाबाट सर्वसाधारणमा पर्न जाने असरप्रति संवेदनशील हुँदै आपूर्ति सहज गराउन सरकार प्रत्यनशील रहेको र आपूर्तिमा सुधार नभएसम्मको लागि धैर्य गरी पेट्रोलियम पदार्थको उपभोगमा मितव्ययिता अपनाउन र अनावश्यकरुपमा सञ्चय नगरिदिनु हुन सबैमा अनुरोध गरेको छ ।

पछिल्लो समय भारतबाट पेट्रोलियम पदार्थको सहज आपूर्तिमा कठिनाइ उत्पन्न भएकाले जोरबिजोर प्रणाली लागू गरिएको प्रवक्ता ढकालको भनाइ थियो । सरकारले पेट्रोलियम पदार्थको सकभर कम प्रयोग गर्नसमेत सर्वसाधारणमा आग्रह गरेको छ ।

पेट्रोलियम पदार्थको कालोबजार र कृतिम अभाव नगर्न आग्रह गर्दै सो गरेको पाइए कारवाही गर्ने गृह मन्त्रालयले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्