प्रदर्शनकारीको ढुङाले लागेर ट्रकका सहचालक घाइते

<span class='c1'>प्रदर्शनकारीको ढुङाले लागेर</span> <span class='c2'>ट्रकका सहचालक घाइते</span>

सप्तरी, असोज १०

सप्तरी जिल्लाको भारदह गाविस १ स्थित पूर्वपश्चिम राजमार्गमा शनिबार प्रदर्शनकारीहरुले तीर्थयात्री बोकेको एक ट्रकमा ढुङा प्रहार गर्दा ढुङाले लागेर ट्रकका सह-चालक घाइते भएका छन्।

घाइते हुनेमा ना. ५ ख ५९९६ नम्बरको ट्रकका सहचालक जिल्ला मकवानपुर फापरबारी ६ बस्ने राजकुमार लोप्चन रहेका छन्। उनको आँखामा ढुङाले लागेको छ। उनालई उपचारकालागि धर्मेश्वर अस्पताल ठेलिया पुर्‍याइएको छ।

सांझ करिब ६ बजे कोशी ब्यारेजबाट जल बोकेर बोलबम जादै तीर्थालु चढेको ना. ५ ख ५९९६ नम्बरको ट्रकलाई उक्त स्थानमा प्रदर्शनकारीहरुले ढुङा प्रहार गरेका थिए। ढुङाले ट्रकको शिशा समेत फुटेको छ। ढुङा प्रहार गर्ने समुह फरार रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्