हिन्दी फिल्म र च्यानल नेपालमा बन्द गरिने

<span class='c1'>हिन्दी फिल्म र च्यानल</span> <span class='c2'>नेपालमा बन्द गरिने</span>

काठमाण्डौ असोज १०

भारतले नेपाललाई गरेको अघोषित नाकाबन्दी विरुद्ध विप्लप नेतृत्वको नेकपा माओवादीले आन्दोलन गर्ने भएको छ। नेकपा माओवादीका प्रवक्ता प्रकाण्डले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन्।

आन्दोलनका कार्यक्रम अनुसार नेकपा माओवादीले सोमबारबाट नेपालभित्र कुनै पनि भारतीय नम्बर प्लेटको गाडी चल्न नदिने भएको छ। यस्तै भारतीय चलचित्र र विज्ञापनसमेत बन्द गर्ने, भारतीय टेलिभिजन च्यानलमा रोक लगाउने लगायतका विभिन्न आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ।

यस्तै भारतले नाकाबन्दी लगाएको कारण आपूर्ति व्यवस्थामा असहजता उत्पन्न भएकाले बैकल्पिक आपूर्ति व्यवस्थाको लागि पहल गर्ने, कृत्रिम अभाव सिर्जना गर्नेमाथि कारबाही गरी आन्तरिक आपूर्तिलाई सहज बनाउने र नाकाबन्दीका विरुद्ध विरोध प्रदर्शन गर्ने कार्यक्रम नेकपा माओवादीले सार्वजनिक गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्