आठ वर्षदेखि साङ्लोमै बाँधिएकी छन्, डम्बरकुमारी

<span class='c1'>आठ वर्षदेखि साङ्लोमै</span> <span class='c2'>बाँधिएकी छन्, डम्बरकुमारी</span>

 

पार्थ मण्डल
भद्रपुर, १० असोज । नेपाल प्रहरी संगठन भित्र महिला प्रहरीमा जागिर खाएर अपाराधीलाई हतकडी लगाउने ठूलो सपना बोकेकी एक युवती आफ्नै घरमा हतकडी अर्थात साङ्लोले पशुसरह बाँधिएकी छिन् । मानसिक सन्तुलन गुमेकी उनी रकम अभावका कारण उपचार गराउन नसक्दा ८ वर्षदेखि बाँधिएकी हुन् ।

सदरमुकाम भद्रपुरस्थित वीरेन्द्र नमुना उच्च माविमा कक्षा–८ मा अध्ययन गरिरहेकै बेला बेला १३ वर्षकै उमेरमा डम्बरकुमारी महिला प्रहरीमा जागिर खाने सोचका साथ साथीहरुसँग नवलपरासी गएकी थिइन् । महिला प्रहरीमा जागिर खाने उद्देश्य बोकेकी उनी साथीहरुसँग त्यही खेलकुद गर्ने क्रममा लडेकी थिइन् । लड्दा उनको टाउकोमा गम्भीर चोट लागेको थियो । नवलपरासीबाट घर र्फेकेपछि उनको मानसिक सन्तुलन बिग्रँदै गएको आमा हरिमायाले बताइन् । ३ छोरा र ४ छोरीमध्ये कान्छी छोरी डम्बरकुमारी भएको आमा हरिमायाले बताइन् । ‘घर फर्किन साथ कान्छी छोरी लड्ने र उठेपछि दौडिने गरेको समस्या देखियो’, हरिमायाले भनिन्, ‘नवलपरासीबाट कान्छी छोरी घर फर्किएपछि मानसिक सन्तुलन गुमेको थाहा पायौँ ।’
झापाको सदरमुकाम भद्रपुरदेखि तीन किलोमिटर पश्चिममा पर्ने गरामनी गाविस–४ स्थित किशनभिट्टा बस्ने २५ वर्षीय डम्बरकुमारी पाण्डेको अवस्था हो, यो । उनका परिवारले ८ वर्षदेखि हतकडीले बाँधेर डम्बरकुमारीलाई राख्न बाध्य छन् । डम्बरकुमारी १६ वर्षको हँुदा उनको बुबाको निधन भएको थियो । हाल उनको घरमा ७४ वर्षीया आमा हरिमाया, दाजु कमल र भाउजु मैना पाण्डे रहका छन् । एकतले टिकको छानो भएको घरको एउटा कोठामा फलामको चेनले बाँधेर उनलाई राखेको दृश्य अत्यन्त दयनीय र पिडादायी छ । डम्बरकुमारीको हेरचार आमा र भाउजुले गर्दै आएका छन् ।

डम्बरकुमारीले कोठा बाहिरको दृश्य नहेरेको ८ वर्ष भइ सकेको रहेछ । उनलाई त्यही कोठामा खानेकुरा र लुगाफाटा लगाइ दिइन्छ । शौच गर्नु परोस् वा नुहाइधुवाई त्यही सानो कोठामा सबै कुरा हुन्छ । ‘छोरीलाई खुल्ला छाड्न पनि सकिँदैन नजिकै जंगल र खोला छ’, आमा हरिमायाले भनिन्, ‘छोरीले छिमेकीलाई चोट पु¥याउँछिन् कि भनि अर्को समस्या पनि छ, त्यसैले चेनले बाँध्नु परेको हो ।’

छोरीको मानसिक सन्तुलन गुमेपछि उपचारका लागि झापाका विभिन्न धामीझाक्रीलाई देखाइयो । तर पनि डम्बरकुमारी सञ्चो नभएपछि उपचारका लागि काठमाडौँ लगियो । चिकित्कसलाई देखाएपछि उनको अन्य शारिरीक अवस्था ठिक भएको तर मानसिक सन्तुलन ठिक नभएको बताएपछि त्यहाँका चिकित्सकले बिजुलीको करेन्ट लगाउने सल्लाह दिए । चिकित्सकको सल्लाह बमोजिम करेन्ट लगाएपछि छोरीको मानसिक सन्तुलन झन् खराब भएको थियो । ‘केही गर्दा सीप लागेन, पछि घरमा ल्याएर बाध्नु पर्ने अवस्था आयो’, हरिमायाले पीडा सुनाइन् ।

‘म बिहे गरेर आउँदा नन्दको शारिरीक अवस्थामा राम्रो थियो । बिरामी परेपछि पनि एक वर्षसम्म औषधी सेवन गराएर उपचार गराइरहेका थियौँ’, डम्बरकुमारीकी भाउजु मैनाले भनिन्, ‘त्यती बेलासम्म सब ठिकठाक चल्दै आएको थियो । तर समय बितेसँगै उनको शारिरीक अवस्था पनि झन् बिग्रिँदै गयो र आज यो अवस्था आयो ।’

नन्दको उपचारका लागि जग्गाजमिन बेचेर हालसम्म ४ लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको बताउँदै उनले भनिन्, ‘त्यति गर्दा पनि उपचार सम्भव भएन ।’ डम्बरकुमारीको दाई कमल दैनिक ज्यालादारीमा मजदुरी पेशा गर्दै आइएका छन् । घरपरिवारको जिम्मा उनकै हातमा छ ।

आर्थिक अवस्था अत्यन्त कमजोर भएकाले र कसैकतैबाट सहयोग नपाएकाले बहिनीको थप उपचार गर्न नसकेको दाई कमलले बताए । उपचार अभावकै कारण डम्बरकुमारी ८ वर्षदेखि कैदबन्दी जस्तै साङ्लीले बाँधिएर बस्न बाध्य छिन् । राज्यले महिला स्वतन्त्र, हक–अधिकारका लागि छुटै कानुन बनाएको छ । तर, महिला स्वन्तत्र हकअधिकार डम्बरकुमारीमा लागु नभएको अवस्था छ । राज्यले विभिन्न शीर्षकमा महिलाका लागि बर्सेनि करोडौँ खर्च गरिरहेको छ । तर, यस्ता पीडित महिला समक्ष कुनै सहयोग आइपुगेको नै हुँदैन । यसतर्फ महिला तथा बालबालिका कार्यालय झापाले नै ध्यान पु¥याएको छ, न त जिल्लाका महिला अधिकारकर्मीले नै

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्