टीकापुरमा खटिएको सेना आजदेखि ब्यारेक फर्कने

<span class='c1'>टीकापुरमा खटिएको सेना</span> <span class='c2'>आजदेखि ब्यारेक फर्कने</span>

 

११ असोज, कैलाली । शान्ति सुरक्षालाई मध्यनजर गरी कैलालीको टीकापुर नगरपालिका र आसपासका क्षेत्रमा खटिएको नेपाली सेना सोमबारदेखि व्यारेक फर्किने भएका छन् ।

कैलालीको टीकापुरको सुरक्षा स्थिति सामान्य भएको हुँदा स्थानीय प्रशासनको लिखित अनुरोधमा भोलिदेखि नेपाली सेना व्यारेक फिर्ता हुने कार्यक्रम रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
टीकापुरमा गएको भदौ ७ गते आठ प्रहरी र एक बालकको ज्यान जाने गरी भएको हिंसात्मक घटनापछि स्थानीय प्रशासनले टीकापुर नगरपालिका, भजनी-त्रिशक्ति नगरपालिकासहित आसपासका क्षेत्रमा निषेधाज्ञा जारी गर्नुका साथै दङ्गाग्रस्त क्षेत्रसमेत घोषणा गरी सेना खटाएको थियो ।
जिल्ला प्रशासन कार्यालयद्वारा आइतबार विज्ञप्ति जारी गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ बमोजिम शान्ति सुरक्षा कायम गर्न नेपाली सेनाबाट सहयोग लिइएकामा व्यारेक फिर्ता गर्ने उल्लेख छ । ती क्षेत्रमा घोषणा गरिएको दङ्गाग्रस्त क्षेत्र भने यही असोज ६ गते राति १२ बजेदेखि हटाइएको थियो ।
टीकापुरमा जारी निषेधाज्ञा सोमबार असोज ११ गते बिहान ५ बजेदेखि अपराहृन ५ बजेसम्मका लागि हटाइएको भएपनि निषेधित क्षेत्र यथावत् रहेको र सदरमुकाम धनगढीमा निषेधित क्षेत्र यथावत् राखिएको पनि विज्ञप्तिमा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्