सूचनाको हक प्रयोग गरेर नै वर्षाले पाइन् नागरिकता

<span class='c1'>सूचनाको हक प्रयोग गरेर</span> <span class='c2'>नै वर्षाले पाइन् नागरिकता</span>

राकेश मिश्र

सूचनाको हकले एक युवतीले आमाको नामबाट नागरिकता प्राप्त गरेकी छिन् । बाँके जिल्लाको वागेश्वरी गाविस वडा नं.–२ की वर्षा शर्माले आफनो आमाको नामबाट नागरिकता नपाएपछि प्रतिवादी जिल्ला प्रशासन कार्यालय बाँके समेत भएको परमादेश मुद्दाको मिति २०७१ मघ १४ गते पुनरावेदन अदालत नेपालगन्जबाट नागरिकता प्रदान गर्नुभनी फैसला भएको थियो । तर फैसला भएको लामो समय वितिसक्दा समेत नागरिकता नपाएपछि सूचना अधिकार केन्द्र बाँकेको परामर्शपछि उनले २०७१ चैत्र २३ गते जिल्ला प्रशासन कार्यालयमा आफुले कुन मितिमा आमाको नाउँबाट नागरिकता पाउँछु भनि सुचना माग गरिन् । पछि उनले २०७२ बैशाख १३ गते नागरिकता पाएकी हुन् । उक्त सूचनाको जानकारीसँगै उनले आफुले आमाको नामबाट नागरिकता पाएको जानकारी दिएकी छिन् ।

बर्षौदेखि नागरिकता नपाएपछि सार्वजनिक सरोकारको विषय भन्दै नेपालगन्जका कानुन व्यवसायीहरुको एक समुहले पुनरावेदन अदालतमा रिट दायर गरेको थियो । अदालतको फैसला भएपनि सम्वन्धित निकायले कार्यान्वयन नगरेपछि उनले सूचना माग गरेकी थिइन । सूचना माग्नुका साथै सो विषयमा सूचना र मानवअधिकार अनुसन्धान केन्द्रका अध्यक्ष अभिवक्ता विश्वजीत तिवारी, कार्यक्रम संयोजक राकेश कुमार मिश्र, सूचना अभियन्ता अधिबक्ता वलबहादुर चन्द, अधिवक्ता सुनिल श्रेष्ठ र सूचना मागकर्ता वर्षा शर्माको टोलीले प्रमुख जिल्ला अधिकारी वेदप्रकाश लेखक र प्रशासकिय अधिकृत तथा सूचना अधिकारी विष्णु सहानीसंग छुट्टाछुट्टै छलफल गर्दा आवश्यक प्रक्रिया पुरयाई नागरिकता दिने आश्वासन दिनुभएको थियो ।

यसरी शर्माले सूचना मागेकै कारण नागरिकता प्राप्त गरेकी हुन् । सानै उमेरमा बाबुको मृत्यु भएको र नागरिकता समेत नवनाएकोले नागरिकता बनाउन समस्या भएपछि आमाको नामबाट नागरिकता लिनका लागि सूचनाको हक र कानुनी प्रक्रिया रोजेको सूचना मागकर्ता शर्माले बताईन । नागरिकता नपाएपछि हासिल गरेको शिक्षा व्यर्थ जाने भन्दै निराश बनेकी शर्माले नागरिकता पाएपछि खुशी समेत भएकी छिन ।

Source : Freedom Forum Nepal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्