१२० वटा तेलका ट्याङ्कर तीन दिनदेखि जोगवनी नाकामा थकाई मार्दै

<span class='c1'>१२० वटा तेलका ट्याङ्कर तीन</span> <span class='c2'>दिनदेखि जोगवनी नाकामा थकाई मार्दै</span>

विराटनगर ११ असोज ।
भारतीय भन्सारले जाँच पास नगर्दा पेट्रोलियम पदार्थ बोकेका १२० वटा ट्याङ्कर तीन दिनदेखि जोगवनी नाकामा रोकिएका छन् । भारतको वरौनीबाट पेट्रोलियम पदार्थ बोकेर आएका ट्याङ्करलाई भारतीय पक्षले रोकेपछि १४ लाख ६० हजार लिटर डिजेल तथा पाँच लाख ८४ हजार लिटर पेट्रोल बोकेका ट्याङ्कर जोगवनी नाकामा रोकिएको नेपाल आयाल निगम क्षेत्रीय कार्यालय विराटनगरका सहायक प्रबन्धक वासुदेव भण्डारीले जानकारी दिनुभयो ।
पूर्वाञ्चलमा दैनिक चार लाख लिटर डिजेल तथा तीन लाख लिटर पेट्रोल खपत हुने गरेको छ । पेट्रोलियम पदार्थ मौज्दातका लागि निगममा प्रभावकारी व्यवस्था नभएकाले मौज्दातमा समस्या भएको कार्यालयले जनाएको छ । नेपाल आयल निगमको पूर्वाञ्चल क्षेत्रीय कार्यालयले पूर्वाञ्चल डिपोमा पेट्रोलियम पदार्थको मौज्दात सकिएको जनाएको छ । सीमा क्षेत्रमा भारतीय पक्षबाट भन्सार जाँच पास नगर्दा मालसामान बोकेका झन्डै दुई हजार ट्रक र अन्य सवारी भारतीय बजार जोगवनीमा अलपत्र परेको विराटनगर भन्सार कार्यलयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्