सोह्र श्राद्ध आज देखि सुरु

<span class='c1'>सोह्र श्राद्ध आज</span> <span class='c2'>देखि सुरु</span>

विराटनगर ११ असोज ।
पितृको सम्झनामा गरिने सोह्र श्राद्ध आज देखि सुरु भएको छ । सोह्र श्राद्ध प्रत्येक वर्ष आश्विनकृष्ण प्रतिपदादेखि सुरु भई औंसीका दिन अर्थात् १६ दिनसम्म गर्ने गरिन्छ । सोह्र श्राद्धसँगै चाडपर्व सुरु हुने गर्छन् । महान् अर्थात् ठूलो र आलय अर्थात् मिलन अर्थ लाग्ने भएकाले ठूला मानिस अर्थात् पितृहरूको मिलन हुने भएकाले यसलाई महालय श्राद्ध भनिएको हो । घरमा स्थान नहुनेहरूले काठमाडौंको गोकर्ण र पशुपतिनाथ, चितवनको देवघाट, नुवाकोटको वेत्रावती, जनकपुरको गंगा सागरल गायत नदी र तलाउकिनारमा श्राद्ध गर्ने गर्छन् । यो श्राद्धमा मावली, घर र आफूसँग आश्रित सबैलाई पिण्डदान दिनुपर्ने चलन रहि आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्