न रङ्ग धानको, न त बास्ना परालको

<span class='c1'>न रङ्ग धानको, न</span> <span class='c2'>त बास्ना परालको</span>

विराटनगर । कार्तिक पहिलो साता वर्षासँगैको बाढी खेतमा पसेर डुबानमा परेको धान रङ्ग र बास्नाविहीन बनेको छ । झुलेको धानको बाला लेदोमा डुबेर गरामा भासिएपछि यो सिजनको धान भित्र्याउन किसानलाई सहज पनि छैन ।
‘न धानको रङ्ग छ, न त परालमा बास्ना’ हिलोमा डुबेको धान सम्हाल्ली रहनु भएका विराटनगर–१४ जतुवाका बिनोद यादवले भन्नुभयो– न हाँस्न सक्छ किसान न त रुन । मोरङको दक्षिणी क्षेत्रका धेरै किसानलाई धान भित्र्याउने उत्साह भन्दा धान सम्हाल्नु पर्ने हैरानी बढेको हो ।

धानको रङ्ग उडेको मात्रै चिन्ता अर्का किसान भीम कामतलाई छैन । डुबानमा परेर कुहिएको पराल गाईवस्तुले नखाने पीर मनभरी छ । धान मात्रै हैन पराल पनि सफा पानीले धोएर गाईबस्तुलाई दिनुपर्ने कामतले गुनासो गर्नुभयो । हिलोमा गाडीएको धान झिकेर सुकाएका किसानलाई झाँट्न पनि सहज छैन । धान झार्दा धुलो उडेर कुहिरिमण्डल हुने गरेको कामतले बताउनुभयो ।
धान र परालमा माटोको मात्रा अधिक भएका कारण २२ दिन मेहनत गरेर मात्रै भकारी र कुन्यूमा राख्न सकिने जहदा–२ का किसान मनोज मेहता बताउनुहुन्छ । पछुवा धान बालीमा बाढी पस्दा कतिपय किसानले पोगटामै चित्त बुझाउनु पर्ने अवस्था समेत रहेको छ । काँचै धान बाढीले पुरेपछि त्यसलाई हिलोबाट उधिनेर सुकाउने झन्झटमा किसान परेका हुन् ।

जहदा–२ जनता बाल आधारभूत विद्यालयका प्रध्यानाध्यक बिरेन्द्र मण्डलका अनुसार दक्षिणी क्षेत्रका अधिकांश किसानको धान खेतमा बाढी पसेर डुबाएको थियो । जसको हैरानी अहिले किसानलाई परिरहेको छ । सबै किसानले एकै पटक धान सम्हाल्नु पर्ने अवस्था आएको प्रअ मण्डलले बताउनुभयो ।

प्रदेश नं. १ मा चालु सिजन ३ लाख ४० हजार ८०० हेक्टर धान खेतीयोग्य जमिनमध्ये ३ लाख ३६ हजार हेक्टरमा खेती गरिएको थियो । झापा र मोरङका कृषकले सबैभन्दा बढी रन्जित, सुवर्णा, हर्दिनाथ र कान्छी मन्सुली जातका धान लगाएका थिए । जसमध्ये कान्छी, मन्सुली र हर्दिनाथ गरि ६७ हजार हेक्टर क्षेत्रफलको एर्ली बाली कृषकहरुले सुरक्षित कटान गरेका थिए । बाँकी धान कटानीका लागि तयारी अवस्था थियो ।
प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता राजेन्द्र उप्रेतीका अनुसार २ लाख ७३ हजार ८०० हेक्टर क्षेत्रफलमध्ये ५० हजार हेक्टर क्षेत्रफलमा लगाईएको धान खेतीलाई बाढीले बढी नोक्सान पु¥याएको छ । बाढीका कारण झापा सबैभन्दा बढी प्रभावित बनेको प्रवक्ता उप्रेतीले जानकारी दिनुभयो । त्यसपछि मोरङमा किसानको धान बालीलाई क्षति पु¥याएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्