मुद्रण संघ मोरङको अध्यक्षमा कार्की

<span class='c1'>मुद्रण संघ मोरङको</span> <span class='c2'>अध्यक्षमा कार्की</span>

विराटनगर । नेपाल मुद्रण उद्योग संघ मोरङको अध्यक्षमा सुभाष कार्की निर्वाचित भएका छन् । शनिबार सम्पन्न चौथो जिल्ला अधिवेशनबाट कार्की निर्विरोध निर्वाचित भएका हुन् । नवगठित समितिको उपाध्यक्षमा दिलिप अटल, सचिवमा बलराम गिरी, सह–सचिव कृष्ण ओझा र कोषाध्यक्षमा धर्मराज ढकाल निर्विरोध निर्वाचित भएका छन् ।

सदस्यहरूमा हरिप्रसाद दाहाल, गोकुल कार्की, राकेश गिरी र नदीम दानिस जमाली चुनिएको अध्यक्ष कार्कीले जानकारी दिए ।
लव घिमिरेको नेतृत्वमा रहेको निवर्तमान कार्यसमितिले मुद्रण संघ मोरङको भवन निर्माणस्थलका लागि जग्गा खरिद गरेको छ । नवनिर्वाचित कार्यसमितिलाई संघको भवन निर्माण गर्ने जिम्मेवारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्