आगलागी हुँदा रु १५ लाख बराबरको धनमाल नष्ट

<span class='c1'>आगलागी हुँदा रु १५</span> <span class='c2'>लाख बराबरको धनमाल नष्ट</span>

काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–४ स्थित एक घरमा आगलागी हुँदै रु १५ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ ।

स्थानीय पासिकोट शिवमन्दिर नजिक बस्ने ४३ वर्षीय दिलसेन खड्काको घरमा ग्याँस सिलिन्डर पड्किएर गए राति आगलागी भएको हो । प्रहरी प्रधान कार्यालयका अनुसार आज सङ्कलित प्रारम्भिक विवरणमा आगलागी हुँदा अन्नपात, लत्ताकपडा, भाँडावर्तन र नगद रु एक लाख ५० हजारसहित रु १५ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ ।

यसैबीच काठमाडौँको टोखा नगरपालिका–३ रमाइलो डाँडा बस्ने कुमार शाहको घरबाट एक थान टेलिभिजन र सुनका विभिन्न गहनासमेत गरी करिब रु चार लाख ८१ हजार बराबरको धनमाल चोरी भएको छ । चोरीमा संलग्न व्यक्ति फरार रहेकाले खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

यता काठमाडौँ महानगरपालिका–१३ टङ्केश्वर डेरा गरी बस्ने रौतहट राजदेवी नगरपालिका–३ का ४२ वर्षीय रामप्रसाद श्रीवास्तवको कोठाबाट करिब रु तीन लाख ३७ हजार बराबरको सुन तथा चाँदीका गहना चोरी भएको प्रहरीले आज सूचनामार्फत जानकारी दिएको छ ।

यसैबीच महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा काठमाडौँ–१५ डल्लु बस्ने कालिकोट तिलगुफा नगरपालिका–११ का ३१ वर्षीय नारायण शाहीलाई प्रहरीले पक्राउ गरेको छ । उक्त घटनामा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्