जलाईयो नरेन्द्र मोदीको पुत्ला

<span class='c1'>जलाईयो नरेन्द्र</span> <span class='c2'>मोदीको पुत्ला</span>

इटहरी, ११ असोज । भारतको अघोषित नाकाबन्दिको विरोधमा इटहरीमा भारतिय प्रधानमन्त्रि नरेन्द्र मोदीको पुत्ला दहन गरिएको छ । छिमेकी भएर हेपाहा प्रवृती अपनाई नेपाली जनतालाई दुःख दिएको भन्दै आक्रोशित युवाहरुले मोदीको पुत्लालाई इटहरी नगर परिक्रमा गराई मुख्य चौकमा जलाएका थिए । नेपाली काँग्रेस, नेकपा एमाले र एमाओवादीसम्बद्ध युवा नेता सहितको समुहले भारत विरोधि नारा लगाउँदै स्वभिमानि नेपाली माथिको ठाडो हस्तक्षेप बन्द गर्न समेत चेतावनी दिएका थिए । कार्यक्रममलाई सम्बोधन गर्दै विद्यार्थी नेता मन्दिप भट्टराई, एकराज दाहाल, जिवि गजल लगायतले राष्ट्रियताको पक्षमा युवा शक्ति बलियो खम्वा बनेर उभिनु पर्ने बताउनुभयो । त्यस्तै अघोषित नाकाबन्दी गरेर नेपालमाथि हस्तक्षेप गरेको भन्दै पाँचथरका विद्यार्थीहरुले सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएका छन् । नेपाल विद्यार्थी संघ, अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले संयुक्त रुपमा सदरमुकाम फिदिममा मोदीको पुत्ला जलाएका हुन् । गणतन्त्र चौकबाट पुत्लासहित निस्केको विद्यार्थीको ¥याली फिदिम बजार परिक्रमा गर्दै सोही स्थानमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा नेपाल तरुण दलका जिल्ला अध्यक्ष सुमन लामा, अनेरास्ववियुका जिल्ला अध्यक्ष राजु थाम्सुहाङ र अखिल क्रान्तिकारीका जलकुमार तामाङलगायतले तत्काल नाकाबन्दी नहटाए सशक्त प्रतिकार गर्ने चेतावनी दिए ।

 

-Makalu

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्