नाकाबन्दीका कारण बिराटनगरका दैनिक पत्रिका बन्द

<span class='c1'>नाकाबन्दीका कारण बिराटनगरका</span> <span class='c2'>दैनिक पत्रिका बन्द</span>

 

मोरङ, १३ असोज । भारतले नेपालमा गरेको अघोषित नाकाबन्दीका कारण बिराटनगरबाट प्रकाशित हुने दैनिक पत्रिका बन्द भएका छन् ।

साँझ बसेको पत्रिकाका प्रकाशक/सम्पादकहरुको बैठकले भारतले गरेको नाकाबन्दीका कारण पत्रिका प्रकाशनमा समस्या भएको भन्दै बन्द गर्ने निर्णय गरेको हो । नाकाबन्दीका कारण पत्रिकाको कागजको अभाव र पत्रिका बितरण हुन नसक्दा तथा पत्रकारहरुको असुरक्षाका कारण पत्रिका बन्द गर्नुपरेको उद्घोष दैनिकका प्रबन्ध निर्देशक बन्धु पोखरेलले जानकारी दिनुभयो । बिराटनगरबाट उद्घोष दैनिक, उज्यालो दैनिक, नागरिक पूर्वेली, न्यु श्रृष्टि दैनिक, विराटपथ दैनिक, जनविद्रोह दैनिक र दर्शन दैनिक पत्रिका प्रकाशन हुँदै आएका छन । पत्रिकाका प्रकाशक तथा सम्पादकहरुले भोली मोरङका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीलाई तत्काल नाका खुलाउन आग्रह गर्दै ज्ञापनपत्र समेत बुझाउने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्