नेपाली नम्बरका मोटरसाइकलबाट भारतीय प्रहरीले रकम असुल्न थाले

<span class='c1'>नेपाली नम्बरका मोटरसाइकलबाट भारतीय</span> <span class='c2'>प्रहरीले रकम असुल्न थाले</span>

प्रेम देवान
विराटनगर १३ असोज । अघोषित नाकावन्दीका कारण नेपालमा पेट्रोलियमको अभाव भएपछि पेट्रोल भर्न सीमानाका भारतको बथनाहामा पेट्रोल भरेर फर्किने नेपाल नम्बरका मोटरसाइकल चालकसँग भारतीय प्रहरीले रकम असुल्न थालेका छन । भारतले लगाएको अघोषित नाकाबन्दी भारतीय प्रहरीका लागि कमाउ धन्दा बन्न थालेको भारत जोगबनीका राजेश शर्माले बताउनु भएको छ । यता विराटनगरबाट तेल भर्न बथनाहा पुगेका राजेश शर्माले ८ सय रुपैयाँको पेट्रोल हाल्दा पाँच सय जतिको पेट्रोल मात्र भरेको र फर्केर आउँदा जोगवनीमा भारतीय प्रहरीले आफूसँग १ हजार रुपैयाँ माग गरेको र लामो समय बार्गेनिङ गरेपछि पाँच सय रुपैयाँ लिएर छोडेको बताएका छन् । सुरुमा लाइसेन्स माग गर्ने, अनि ब्लूबुक माग्ने र अनेक वहानामा पैसा माग्न थाल्ने शर्माले बताए । रकम नदिएमा मोटरसाइकल फारविसगञ्जमा लगेर थन्काउने र ८ हजार रुपैया तिरेपछि मात्र मोटरसाइकल पाउने भन्दै धम्की दिएर रकम असुल्ने धन्दा बनाएको शर्माले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्