एकीकृत समाजवादीका राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउन दाबी पेश

<span class='c1'>एकीकृत समाजवादीका राजेन्द्र राईलाई</span> <span class='c2'>मुख्यमन्त्री बनाउन दाबी पेश</span>

विराटनगर । प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले नयाँ सरकार गठन गर्न आह्वान गरेलगत्तै विपक्षी गठबन्धनले प्रदेश प्रमुख समक्ष नयाँ सरकार गठन गर्नका लागि दाबी पेश गरेको छ ।

विपक्षी गठबन्धनमा आवद्ध राजनीतिक दलका नेताहरुले भर्खरै प्रदेश प्रमुखको कार्यालयमा पुगेर नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउन दाबी पेश गरेका हुन् । विपक्षी गठबन्धनले ४९ जना प्रदेशसभा सदस्यहरुको हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेको हो । नयाँ सरकार बनाउन नेपाली काँग्रेसका २१, नेकपा माओवादी केन्द्रका १४, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ र संघीय लोक्तान्त्रिक राष्ट्रिय मञ्चका एक जना गरी ४९ सांसदले हस्ताक्षर गरेका छन् । नेकपा माओवादी केन्द्रबाट निर्वाचित उपसभामुख सरस्वती पोखरेल मातृशोकमा काठमाण्डौमा रहेको कारण उनको हस्ताक्षर छैन । मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएलगत्तै प्रदेश प्रमुखले मंगलबार १ बजेसम्म नयाँ सरकारको दावी पेश गर्न आह्वान गरेका थिए ।

विपक्षी गठनबन्धनले आजै दावी पेश गरेपनि राईको नियुक्ति भने मंगलबार १ बजेपछि मात्र हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्