नरेन्द्र दंगालको स्वरमा रहेका “देउसी गीत नेपालीजनको” लोकार्पण

<span class='c1'>नरेन्द्र दंगालको स्वरमा रहेका</span> <span class='c2'>“देउसी गीत नेपालीजनको” लोकार्पण</span>

इटहरी । गायक नरेन्द्र दंगालको स्वरमा रहेको इटहरीका सञ्चारकर्मीहरुको प्रस्तुति “देउसी गीत नेपालीजनको” लोकापर्ण भएको छ ।

सोमबार एक औपचारिक कार्यक्रमको आयोजना गरि वरिष्ठ गायक बालकृष्ण कार्कीको प्रमुख आतिथ्यतामा उक्त देउसी गीत लोकापर्ण गरिएको हो । तिहारको पूर्वसन्ध्यामा लोकार्पण गरिएको उक्त गीतको भिडियो परम्परागत देउसी संस्कृतिको जर्गेणा गर्ने हेतुले साथै मौलिक संस्कृतिको संरक्षण गर्ने उद्देश्यले तयार गरिएको गायक, रचनाकार तथा संगीतकार दंगालले बताए । कार्यक्रममा बोल्दै वरिष्ठ गायक बालकृष्ण कार्कीले देउसी भैलो खेल्ने क्रममा आजभोलि तडक भडक भित्रिरहेको सन्दर्भमा यस्ता मौलिक संस्कृति झल्किने गीतले संस्कृति संरक्षणमा टेवा पुग्ने भन्दै गीत अत्यन्त राम्रो बनेको बताए ।

पत्रकार रेवती निरौलाको संयोजनमा सुनसरी र मोरङका सञ्चारकर्मीहरुको संयुक्त प्रयासमा तयार गरिएको उक्त गीतको भिडियोमा सुनसरी र मोरङका पत्रकारहरुको अभिनय रहेको छ । हाँस्य अभिनयमार्फत बालकुमार थेवेले गीतमा सुन्दरता थपेका छन् । आदर्श बाल क्लब सुन्दरहरैंचा मोरङका कलाकारहरुको नृत्य रहेको उक्त गीतमा कोरियोग्राफी रुपक चौधरीले गरेका छन् । यस्तै संगीत संयोजन विवश दंगाल, निर्देशन रोहित खनाल र छायाँकन पारस चौधरीले गरेका छन् ।

उक्त गीत भने हाइलाईटस् नेपाल नामको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्