फेरी बन्दकर्ताबाट एम्बुलेन्स तोडफोड

<span class='c1'>फेरी बन्दकर्ताबाट</span> <span class='c2'>एम्बुलेन्स तोडफोड</span>

मोरङ १३ असोज आन्दोलनरत मधेसवादी दलका कार्यकर्ताले  एक एम्बुलेन्स तोडफोड गर्नुका साथै चालकमाथि आक्रमण गरी घाइते बनाएका छन् ।

मोरङको सोराभाग गाविस–३ कर्सिया बजारस्थित रङ्गेली विराटनगर सडकखण्डमा रङ्गेली बचत तथा ऋण सहकारी संस्थाको नाममा रहेको को १ च ७३७९ नम्बरको एम्बुलेन्स करिब २० जनाको समूहमा आएका आन्दोलनकारीले तोडफोड गर्दै चालक सन्तोष चौधरीलाई कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक प्रमोद खरेलले जानकारी दिनुभयो ।

घाइते चालकको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको छ । चालक चौधरीले आक्रमणमा संलग्नमध्ये विजय मण्डल र सन्तोष राजवंशीलाई आफूले चिनेको जानकारी दिनुभएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्