बिराटनगर बन्दको ५० दिन पुरा , जनजिवन अस्तव्यस्त

<span class='c1'>बिराटनगर बन्दको ५० दिन</span> <span class='c2'>पुरा , जनजिवन अस्तव्यस्त</span>

बिराटनगर असोज १४ ,

मधेशी मोर्चाले गरेको तराइ बन्दले आज ५० दिन काटेको छ । साउन २८ गतेबाट सुरु बन्दको आज सम्म आइपुग्दा पनि हल निस्किन सकेको छैन । लगातरको बन्दका कारण साना देखी ठुला सम्पुर्ण व्यसायीले निक्कै ठुलो घाटा बेहोर्नु परेको छ । तराइका २०० जती उध्योग धन्दा बन्द छन , हजारौ मजदुरले रोजगारी पाएका छैनन । स्कुल कलेज बन्द हुँदा विद्यार्थीको भबिस्य नै अन्धकार हुने खतरा छ । गरी खाने जनता भोक भोकै बस्नु पर्ने अवस्था आएको छ । आफ्नो माग सरकारसंग पुरा गराउन बन्द हडताल कै साहरा लिने नेपाली राजनितीको ज्ञानले यस्तो अवस्था आएको युवा पुनम गिरी बताउछन । बन्दले दैनिक दुइ अर्बको क्षति भइरहेको उधोगी बताउछन । अझ भारतको अघोषित नाकाबन्दीले गर्न दैनिक उपभोगका सामानको पनि अभाब देखिन थालेको छ । मुख्य रुपमा पेट्रोल र डिजेलको समस्याले गर्दा तराइ मात्रै नभएर पुरै देश मै हाहाकार छाएको छ । बन्द जे सुकै मागको लागि भए पनि यस्ले प्रत्क्षय जनतालाई असर गरिरहेको छ यस बारेमा सरकार पनि गम्भिर भएर अब पनि नसोच्ने हो भने देशले ठुलो नोक्सानी बेहोर्नु पर्ने देखिन्छ , त्यसैगरी बन्दकर्ताबाट पनि यती लामो बन्दको तात्कालिन र दिर्घकालिन असरलाई सोचेर आन्दोलनको स्वरुप परिवर्तन गर्ने बेला भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्